हङकङको सहयोग धरानका कलाकारको परिवारलाई

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान, गत भाद्र २१ गते उपचारको क्रममा मृत्यु भएका धरानको पुरानो सांगीतिक समूह मिक्स मेलोडीका ड्रमर महेन्द्रका परिवारलाई हङकङबासी नेपालीहरुले सहयोग गरेका छन्।

राईका श्रीमती तथा छोराको भबिष्यको लागि केही सहयोग होस् भन्ने अभिप्रायले हाल हङकङमा बसोबास गर्ने मिक्स मेलोडी ब्यान्डका गायक सन्जीब लामाले आफू र हङकङका केही साथीभाइ मिलि उठाएको ८० हजार ८ सय रुपैया स्व. महेन्द्र राईकै धरान ११ स्थित निवासमा उनको श्रीमतीलाई हस्तान्तरण गरेका छन्।

संजिवको उक्त सहयोग अभियानमा हङकङमा बसोबास गर्ने एभेंगराज लिम्बु , पर्वत राई , लोके राई , मिलन राई , सोम लिम्बु , सुरज राई , किरण लिम्बु , लोकराज लिम्बु , भिम गुरुङ , डेभिड राई , प्रदिपले सहयोग गरेका हुन्।

स्व. महेन्द्र राईको उपचारको क्रममा पनि संजीवले उपचारको लागि सहयोग रकम जुटाएर पठाएका थिए । स्व. महेन्द्र राईको मृत्यु भएको २ दिनमा नै उनको आमाको समेत मृत्यु भएको थियो।





Comments

comments

Leave a Reply

25755