न्याय माग्दा हिरासत

काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग राखेर राजधानी सहर काठमाडौमा पोस्टर टास्दै गरेका सामाजिक अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी सिंहदरबार वृत्तबाट खटिएको टोलीले १२ जनालाई पक्राउ गरेको खबर नागरिक दैनिकमा छ।

निर्मलालाई न्याय माग्दा पक्राउ पर्नेमा प्रितम सुवेदी, भावना राउत, सिर्जना विश्वकर्मा, छवि पंगेनीलगायत छन्। प्रहरी हिरासतमा राखिएका बेला उनीहरूलाई पत्रकार र वकीलसँग पनि भेट्न नदिइएको भन्दै सर्वत्र विरोध गरिएको छ।

माइतीघर मण्डलाबाट पक्राउ गरिएका उनीहरुलाई शुक्रबार साँझ छोडिएको प्रहरीले जनाएको छ। बलात्कारपछि हत्या गरिएकी निर्मलाको तस्बिरसहितका पोस्टर टाँसेर न्याय माग गरिएको सामाजिक अभियन्ताले बताएका छन्। न्यायका लागि सरकारलाई दबाब दिन आफूहरू पछि नपर्ने पनि उनीहरूले बताए।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

25835