बंगलादेशमा कालो सूचीका ३७ मेडिकल कलेजमा ६ सय नेपाली विद्यार्थी

ढाका/बंगलादेश — बंगलादेशमा कालो सूचीमा परेका ३७ मेडिकल कलेजमा अध्ययन गरिरहेका ६ सयभन्दा बढी नेपाली विद्यार्थीको भविष्य अन्योलमा परेको छ।

नेपाल मेडिकल काउन्सिलले त्यस्ता कलेजमा अध्ययनरत विद्यार्थीले मुलुकमा चिकित्सकीय अभ्यास गर्न अनुमति नपाउने स्थिति आउन सक्ने उल्लेख गरेको छ।

काउन्सिलका अनुसार हाल मुलुकबाहिर सबैभन्दा बढी मेडिकलका विद्यार्थी बंगलादेशमै छन् । नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन बंगलादेशका अनुसार यहाँका मेडिकल कलेजमा करिब ५ हजार नेपाली विद्यार्थी अध्ययनरत छन्।

ढाकास्थित नेपाली दूतावासले गत वर्ष परराष्ट्र तथा शिक्षा मन्त्रालय र मेडिकल काउन्सिललाई पत्र पठाएर कालो सूचीका मेडिकल कलेजबारे जानकारी दिएको थियो । त्यस्ता समस्याग्रस्त मेडिकल कलेजमा विद्यार्थी नपठाउनसमेत दूतावासले आग्रह गरेको खबर कान्तिपुर दैनिकमा छ।

बंगलादेशका नेपाली राजदूत डा. चोपलाल भुसालले उक्त कालो सूची कायमै रहेको बताए । ‘अध्ययनका लागि सहमति दिँदा थप सजगता अपनाउन हामीले गत वर्षदेखि नै मुलुकका आधिकारिक निकायलाई आग्रह गर्दै आएका छौं,’ उनले भने ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

25839