विमानस्थल कार्यालयबाट ७ करोड २४ लाखको चेक गायब

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट १० थान चेक गायब पारिएको छ।

मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि जिएसए अरिमान लामाको इन्सेन्टिभ टुर्स प्रालिले बुझाएका ती चेक गाय पारिएका हुन्।

स्रोतका अनुसार ट्राभल्स कम्पनी र विमानस्थल कार्यालयका कर्मचारीको मिलेमतोमा ती चेक गायब पारिएको खबर नागरिक दैनिकमा छ।

नागरिक उड्यान प्राधिकरणका महानिर्देशक सञ्जिब गौतमका अनुसार गायब पारिएका १० थान चेक करिब ७ करोड २४ लाख रपैयाँबराबरका छन्।





Comments

comments

Leave a Reply

26023