निर्मला हत्याकाण्ड: तीन पक्ष आन्दोलनमा

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणलाई लिएर कञ्चनपुरमा तीन पक्ष आन्दोलनमा उत्रिएका छन् ।

निर्मलाको परिवार, नागरिक संघर्ष समिति र निर्मला हत्याकाण्डको आशंकामा पक्राउ परेका व्यक्तिका आफन्तले छुट्टाछुट्टै आन्दोलन गरिरहेका छन्।

निर्मलाको न्यायका लागि होमिएको नागरिक संघर्ष समितिले फेरी चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । निर्मलाका परिवारले प्रशासनको मुल गेटमा धर्ना जारी राखेको छ । निर्मला हत्याकाण्डमा पक्राउ परेका प्रदिप रावल र विशाल चौधरीका आफन्तले निर्दाेषलाई पक्राउ गरेको भन्दै रिहाइको माग गर्दै आन्दोलन गरेका हुन्।

नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले सरकारले दोषी सार्वजनिक नगरेका कारण संघर्ष समितिले फेरी आन्दोलनका कार्यक्रम घोषणा गरेको बताइन् । नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

26043