Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अर्को चिनियाँ जहाज आज ल्याइदै

काठमाडौं, १७ कार्तिक। लामो अनिश्चिततापछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याउन लागेको अर्को नयाँ जहाज सोमबार काठमाडौं आउने भएको छ।

चीनले यसअघि दिएको मितिअनुसार नयाँ जहाज गत असार ३० मै आइसक्नुपर्थ्यो। निगम व्यवस्थापनले यताबाट ताकेता गरेको गर्‍यै गरेपछि चीनले त्यसपछि फेरि अर्को मिति दिएको थियो। त्यसअनुसार गएको साउन ९ मा उक्त जहाज काठमाडौं अवतरण गर्ने तालिका थियो।

ढिलै भए पनि जहाज आउने भयो, वायुसेवा निगमका एक उच्च अधिकारीले नयाँ जहाज सोमबार साँझ ५:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ।

चीनबाट सोमबार ल्याइने जहाज १८ सिटयुक्त वाई १२–ई मोडेलको हो। यो अनुदानमा पाइने दोस्रो जहाज हो।

यसअघि अनुदानको पहिलो जहाज ५६ सिट क्षमतायुक्त मोडर्न आर्क ९एमए–६०० मोडेल यहाँ आएर नियमित व्यापारिक उडान सुरु गरिसकेको समाचार नागरिक दैनिकमा छापिएको छ। निगमले सकेसम्म दसैंअघि नै वाई१२–ई जहाज ल्याएर उडाउने योजना बनाए पनि पूरा हुन सकेको थिएन।





Comments

comments

2612