शुभश्री यातायात र मेट्रो डिलक्सलाई १५ दिन रोक

काठमाडौं, १७ कात्तिक। सरकारले शुभश्री यातयात र मेट्रो डिलक्स यातयातका बस सञ्चालनमा रोक लगाएको छ। शनिबार हेटौँडामा दश यात्रुको ज्यान जाने गरी भएको दुर्घटनामा लापरबाही भएको ठहर गर्दै यातायात व्यवस्था विभागले १५ दिनका लागि रोक लगाएको समाचार नयाँपत्रिका दैनिकमा छापिएको छ।

विभागले दुर्घटनामा दुवै गाडीको लापरबाही देखिएकाले सञ्चालनमा रोक लगाइएको जनाएको छ। काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको ना.४ख ५४४८ नम्बरको शुभश्री यातायातको बस इलामबाट काठमाडौंतर्फ आइरहेको ना.५ख ४८४१ नम्बरको मेट्रो डिलक्ससँग ठोक्किएर शनिबार दुर्घटना भएको थियो। घटनामा दशजनाले ज्यान गुमाएका थिए भने ३० जना घाइते भएका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धान र बाँचेका यात्रुको बयानका आधारमा चालकको चरम लापरबाही देखिएकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालकविरुद्ध सवारी ज्यानअन्तर्गत मुद्दा दर्ता गर्न लागेको हो।





Comments

comments

2616