छुट्टीमा नुहाएर वनभोज खाए १ सय हात्तीले

सौराहा, पर्यटकलाई जंगल घुमाउन भ्याइनभ्याइ हुने हात्तीले बिहीबार छुट्टी पाए ।

राप्ती नदीमा नुहाइधुवाइपछि करिव १ सय हात्तीले वनभोज खाए । दर्शक यो दृश्य हेरेर रमाइरहेका थिए।

हखुला चउरमा हात्तीको खानेकुरा टेबलमा राखिएका थिए । अगाडि हात्तीको लस्कर थियो । उखु, भेली, कुची, फर्सी, हरियो घाँस, गाँजर, सुन्तला, केरा, बन्दा राखिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्ज र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले हात्तीलाई बिदा दिने निर्णय गरेका थिए । अन्नपूर्ण पोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

26257