काठमाडौं, ‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनको गतिविधिबारे जानकारी गराउन गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
मन्त्रालयले बारा, मकवानपुर, सर्लाही, सिन्धुपाल्चोक, सिन्धुली, लमजुङका प्रमुख जिल्ला अधिकारीलाई उनको गतिविधिबारे जानकारी गराउन निर्देशन दिएको खबर नागरिक दैनिकमा छ।
मन्त्रालय स्रोतका अनुसार उनले व्यक्ति बेपत्ता बनाएको समाचार आएपछि चासो व्यक्त गर्दै उनको आश्रम रहेका जिल्लाका प्रजिअलाई गतिविधिबारे जानकारी गराउन निर्देशन दिएको हो । प्रहरीले बम्जनका आश्रम सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, बारा, लमजुङ र सर्लाहीमा रहेको जानकारी दिएपछि मन्त्रालयले सो निर्देशन दिएको स्रोतले जनाएको छ ।
मकवानपुरमा उनीविरुद्ध ३० वर्षीया फूलमाया रुम्बा र ५१ वर्षीय सञ्चलाल वाइबालाई बेपत्ता बनाएको उजुरी परेको छ।