नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो अमेरिका, कोलोराडोको लङमन्टस्थित हिमालयज् लायन्स क्लबको आयोजनामा नेपाली भाषा शिक्षा दोश्रो चरणको कक्षा यहि जनवरी २६ तारिख शनिबारबारदेखि सुरु हुने भएको छ।
लङमन्टस्थित फायरहाउस आर्टसेन्टरमा प्रत्येक शनिबार बिहान ९ं.३० बजेबाट १०.३० बजेसम्म संचालन हुने र पछि बाल बालिका तथा अभिभावकबाट समय बढाउने सुझाव आएमा बिचार गर्न सकिने लायन्सका पूर्व अध्यक्ष प्रमोद श्रेष्ठले बताए।
स्थानीय यसोदा भट्टले अध्यापन गराउने भाषा कक्षामा उपस्थित छात्रछात्राहरुलाई लेख्न पढ्न मात्र नभएर, नेपाली भाषामा बोल्ने, कथा, कबिता भन्ने, नाच गान गर्ने, कार्टुन देखाउने, अवलोकन भ्रमण गराउने जस्ता माध्यमबाट भाषा सिकाउने योजना रहेको लायन्स ६ नर्थ ईष्टका तृतीय उपाध्यक्ष जोशन श्रेष्ठले बताएका छन्।
प्रवासमा नेपाल र नेपाली चिनाउने मुख्य माध्यम भनेकै हाम्रो भाषा संस्कृति हो। यहाँ जन्मेका बाल बलिकाहरुलाई यसरी भाषा संस्कृति सिकाउदै नजाने हो भने हाम्रो भाषा संस्कृति यहि पुस्तामा मात्र सिमित रहने खतरा बढ्दै गएको कारण भाषा शिक्षाको कार्यक्रमलाई निरन्तरता दिन लागिएको संस्थाका अध्यक्ष बिकल पराजुलीले बताएका छन्।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)