वेलायतमा पहिलो बालकबि गोष्ठी सम्पन्न

कोमल मल्ल / एचकेनेपाल डट कम –

लण्डन, वेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूके र सयपत्री नेपाली साँस्कृतिक समूह युकेको संयुक्त आयोजनामा प्रथम नेपाली बालकवि गोष्ठी वकिङमा उत्साहपूर्वक सम्पन्न भएको छ।

आयोजित समारोहलाई सम्वोधन गर्नुहुदै प्रमुख अतिथि नेपाली राजदूताबासका द्वितीय सचिब लव सुबेदीले नेपाली साहित्य विकास परिषद यूके र सयपत्री नेपाली सांस्कृतिक समूह युकेले बिदेशमा नेपाली बाल बालिकाहरुको भाषा साहित्यमा सिर्जनात्मक क्षमता बिकासको लागि बाल कवि गोष्ठी गर्नु अनुकरणीय र ऐतिहासिक कदम हो भन्नु भयो।

हरिसिंह थापाले नेपाली साहित्य विकास परिषद यूकेले बिभिध साहित्यिक गतिविधिहरू गरेर साहित्य बिकासमा टेवा पु-याई रहेकोको चर्चा गर्नुभयो।

समारोहका अर्का विशिष्ठ वक्ता शिबजी श्रेष्ठले नेपाली साहित्य विकासमा परिषदले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै बिभिध साहित्यिक गतिविधिहरू गर्दै आएर वेलायतमा धेरै साहित्यकारहरू जन्माउन प्रेरणादायी र नेतृत्वदायी भूमिका खेलेको कुरा चर्चा गर्नु भयो।

अध्यक्षको आसनबाट सम्वोधन गर्नुहुँदै परिषदका अध्यक्ष साहित्यकार कोमल मल्लले बिदेशमा नेपाली साहित्य र संस्कृतिलाई फराकिलो बनाउने र उजागर गर्ने काममा नेपाली साहित्य विकास परिषद यूके र सयपत्री नेपाली सांस्कृतिक समूह युके. निरन्तर लागिरहेको छ भन्नु भयो।

नेपाली सांस्कृतिक समूह युके. का अध्यक्ष तथा कार्यक्रमका संयोजक व्दय डम्बर सिं प्रयास र मनोज अन्जानले नेपाली भाषा साहित्य संस्कृति जस्ता चिनारीहरू जोगाउन सन्ततिहरुलाई सिकाउदै लैजानु पर्ने तर्फ प्रकाश पार्नु भयो।

समारोहमा प्रमुख अतिथि नेपाली राजदूताबासका द्वितीय सचिब लव सुबेदीले पदक तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो।

यस अघि समारोहमा परिषद्का महासचिव बीरेन्द्र कुवँर तथा सयपत्री नेपाली सांस्कृतिक समूह युकेका कोषाध्यक्ष डा. दिपक जिसी.ले संयुक्त रूपमा उद्घोषण, डा. सुधा श्रेष्ठले स्वागत मन्तब्य गर्नुका साथै सयपत्री नेपाली सांस्कृतिक समूह युकेका सल्लाहकार राजेन्द्र क्षेत्रीले साहित्य बिकासका लागि यस्तो कार्यक्रम बेलायतको बिभिन्न स्थानमा गर्नु पर्ने कुरा सुझाउनुका साथै नेपाली साहित्य आकासमा साहित्यको प्रेरणा जोगाउने काम गरेको मात्र नभइ नेपाली भाषा साहित्य र राष्ट्रियतालाई समेत फैलाउने कार्य गरेकोछ भन्नु भयो।

समारोहको आरम्भमा बेलायतमा जन्मीयका बालकवि सुशान्त श्रेष्ठले राष्ट्रिय गीत मार्मिकरूपले प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रमको दोस्रोचरणमा कवितातर्फ भाग लिने बालकवि कवियत्रीहरूमा,जुनी लामिछाने,सुभाशिष श्रेष्ठ, सनोजा क्षेत्री, आकृती भट्ट, बिभिसा उप्रेती,हेमन्त पन्त, हेमलता पन्त,श्रीबीत घिमिरे,अदिती पाण्डे, अनिमेष शिलवाल, पेरु गुरुङ, लिकोन गुरुङ, लेनोक गुरुङ, नेवा लिम्बु, अच्यूत भुषाल साथै प्रभा बिक थिए। द पोट्री ग्रुप अफ एबरडीनबाट प्राप्त कविताहरू प्रतिमा ईसा, गीता केसी तथा बालकवि कवयित्रीहरुले बाचन गर्नुका साथै प्रभा बिक, शुभासिष श्रेष्ठले गीत समेत गाएका थिए।

कार्यक्रमको तेश्रो चरणमा कविता बाचनमा सर्बश्री हरिसिंह थापा, डा.सुधा श्रेष्ठ,मनोज अन्जान, डम्बर सिंह प्रयास, कोमल मल्ल मोहन जलद, लव सुबेदी, डा.दिपक जिसी,बिरेन्द्र कुवँर, बिजय हितान, कबिता गुरुङ हुनु हुन्थ्यो।

अन्तमा कार्यक्रम सफल बनाउन आर्थिक एवम् भौतिक सहयोग पु-याउनु हुने कबिता गुरुङ, एलबि गुरूङ, डा.राघव प्रसाद धिताल, डा.जनक कुमारी धिताल, ध्रुब केसी,मनोज अन्जान, विरेन्द्र कुँवर, सबिना बिक,कल्पना बिक, ममता जिसि,डा.सन्तोष बिश्र्वकर्मा, प्रबेश बिक, दिपक जिसी,गौरब क्षेत्री तथा सहभागी सबैलाई परिषद र सयपत्री नेपाली सांस्कृतिक समूह युके. को तर्फबाट बिशेष धन्यवाद ज्ञापन गरिएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

26604