राजधानीमा स्वाइन फ्लुको संक्रमण बढ्दै, एकको मृत्यु

काठमाडौं। राजधानीमा दुई महिनामा डेढ सयभन्दा बढी व्यक्तिमा प्रयोगशाला प्रमाणित स्वाइन फ्लु देखिएको छ।

चिकित्सकीय भाषामा यसलाई मौसमी इन्फ्लुएन्जा (रुघाखोकी) अन्तर्गत रहेको ‘इन्फ्लुएन्जा ए–उच१एन१’ भनिन्छ।

चिकित्सकहरुले सरकारी तथ्यांकभन्दा वास्तविक स्थिति झन् जटिल रहेको दाबी गरेका छन्। तीन दिनअघिसमेत ओम अस्पतालको आइसियुमा रहेका एक संक्रमितलाई इयरलिफ्ट गरेर भारत लगिएको छ।

राजधानीमा अहिले स्वाइन फ्लु प्रकोपकै रुपमा देखिएकाले यसबाट प्रभावित भएर जटिल स्वास्थ्य अवस्थामा पुग्ने र मृत्यु हुने घटनामा वृद्धि भएको छ।

ओम अस्पतालको आइसियुमा रहेकी एक ४७ वर्षीया महिलाको सोमबार स्वाइन फ्लुले मृत्यु भएको खबर कान्तिपुरले छापेको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

26607