विदेशी बैंकमा पैसा राख्नेमाथि निगरानी, अनुसन्धान गर्न निर्देशन

काठमाडौं – व्यवसायी घरानाले स्विस बैंकमा पैसा राखेको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री कार्यालयले सम्पत्ति शुद्धीकरण विभागलाई अनुसन्धान गर्न निर्देशन दिएको छ।

प्रधानमन्त्री कार्यालयमातहत रहेको सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान महाशाखाले केही दिनअघि पत्राचार गरी विभागलाई अनुसन्धान गर्न निर्देशन दिएको हो।

विदेशी बैंकमा पैसा राखेको समाचार आएपछि प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण भएको र विभागलाई अनुसन्धानका लागि निर्देशन दिएको महाशाखाका उपसचिव लक्ष्मण खड्काले बताए। उनका अनुसार अनुसन्धानबाट प्राप्त रिपोर्टसमेत प्रधानमन्त्री कार्यालयलाई बुझाउन निर्देशन दिइएको छ।

खोज पत्रकारिता केन्द्र (खोपके) को टिमले खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’ (आइसिआइजे) सँगको सहकार्यमा नेपालीले ५२ अर्ब सात करोड २७ लाख ७३ हजार रुपैयाँ अवैध धन ‘ट्याक्स हेवन’ (कर छलीका लागि अनुकूल देश) स्विट्जरल्यान्डको स्विस बैंकमा जम्मा गरेको समाचार प्रकाशन गरेको थियो। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

26609