सक्रियता बढाउदै ज्ञानेन्द्र, मध्य र पूर्वी तराई भ्रमणको मिति तय

काठमाडौं । पछिल्लो समय पूर्व राजावादीको चलखेल बढीरहेको बेला पूर्व राजा ज्ञानेन्द्र शाह मध्य र पूर्वी नेपालमा रहेका राजावादीलाई भेट्न सिमरा र झापा जानुहुने भएको छ।

करिब एक महिना लामो बसाई गर्न सिमरा र झापाको दमक जान लाग्नुभएको हो।

माघ १३ गते पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना र निजी सुरक्षा गार्ड शसस्त्रका डिएसपी शिव राउत सहित पूर्व राजा ज्ञानेन्द्र सिमरा जाने कार्यक्रम तय भएको छ । सिमरा स्थित प्रभु शमसेर राणाको निवासमा बस्ने कार्यक्रम रहेको छ । उहाँ सिमराबाट पूर्वी तराईको भ्रमण गर्नुहुने भएको छ।

पुर्व राजाको सुरक्षा सहितको सवारी साधान माघ ११ गते सिमरा पुग्ने भएको छ । निजी सवारी चालक सुदन थापा र सुरक्षाकर्मी सहितको टोलीले ज्ञानेन्द्रको भ्रमणको सम्पुर्ण सुरक्षा व्यवस्थाको प्रवन्ध गर्ने भएको छ । पूर्व राजाको साथमा निजी सहयोगी भान्छे समेत सिमरा पुग्ने भएका छन । करिब दुई साता सिमरा बसाई पछि ज्ञानेन्द्र परिवार सडक मार्गबाट दमक जाने कार्यक्रम तय भएको छ।

दमक पुग्नु अघि तराईका विभिन्न जिल्लाका स्थानीयले स्वागत कार्यक्रम आयोजना गर्ने योजना बनाएका छन् । अहिले सम्म यही २० गते दमक जाने कार्यक्रम तय भएको छ–स्रोतले भन्यो । सिमरा बसाइका क्रममा उहाले आफु निकट तीनवटै राप्रपाका नेतासंग भेट गर्ने कार्यक्रम रहेको छ । अहिले को–को संग भेट गर्ने भन्ने टुंगो लागेको छैन स्रोतले भन्यो –तर सिमरामा उच्च तहका राजनीतिक नेतासंग भेट्ने गरी योजना तय भएको खबर नेपाल समाचारपत्रले छापेको छ।





Comments

comments

Leave a Reply

26613