अनुगमन गर्न मालपोत कार्यालयमा पुगिन् मन्त्री

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोल कार्यालय चालबिलको छड्के जाँच गरेकी छन्।

सोमबार बिहान साढे १० बजे चाबहिल मालपोत पुगेकी मन्त्री अर्यालसहितको टोलीले कार्यालयमा भइरहेका दैनिक गतिविधिको अनुगमन गरेको थियो।

मन्त्रीको टोलीले कार्यालय प्रवेश गरेर सेवाग्राहीले सेवा लिने प्रत्येक कक्षमा सेवाग्राहीसरह बसेर त्यहाँको गतिविधिको अनुगमन गरेको थियो । सचिव गोपीनाथ मैनालीसहित अनुगमनमा गएकी मन्त्री अर्यालले सेवाग्राहीसँग सेवा प्रवाहबारे जानकारीसमेत लिएकी थिइन् । अन्नपूर्णपोष्ट दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

26784