करीब ९१ करोड लुकाउन पाठकलाई ७८ लाख घुस

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठकलाई ७८ लाख रुपैयाँ घुस खुवाएको आरोप लागेको लम्बोदर न्यौपानेको नेतृत्वकालमा खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचतसमेत गरी ९० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ।

कलेजको अनियमितताबारे भएको ‘अनुसन्धानमूलक लेखापरीक्षण’मा विभिन्न व्यक्तिका नाममा नियमविपरित भुक्तानी २३ करोड १० लाख, नियमविपरित थप खर्च ३३ करोड ७६ लाख र स्रोत नखुलेको बचत ३१ करोड ८६ लाख समेत गरी ९० करोड ७२ लाख रुपैयाँ अनियमितता देखिएको हो । कृष्ण ज्ञवाली र स्वरुप आचार्यले कान्तिपुरमा समाचार लेखेका छन्।





Comments

comments

Leave a Reply

27063