रेल नआएपछि रेलको लिकमा खेलेरै दिन बिताउँछन् बालबालिका

जनकपुरधाम । जनकपुर जयनगर रेल संचालनमा ढिलाई भएपछि लिक क्षेत्र अहिले बालबालिकाहरुको खेल्ने ठाउँ बनेको छ । बालवालिका दिनभरी लिकमै खेलेर रमाइलाे गरेकाे भेटिन्छन्।

जनकपुरधाम जयनगर बीचमा एकदर्जन गाउँ छन् ती गाउँका बालवालिका रेलको लिकमै खेलेर दिन बिताउने गर्छन् । वैदेही स्टेशनमा खेलिरहेका ८ वर्षीय पंकजले भने, ‘हामी विद्यालयबाट आएपछि घण्टौँ यही खेल्ने गर्छौ ।’ पंकजसंगै त्यहाँ एकदर्जन बालबालिका त्यहाँ खेलिरहेका थिए । यही स्थिति महिनाथपुर स्टेशनको रहेको छ । १० वर्षीय मोहनले भने, ‘हामी चार भाई, बहिनी छौँ, सबै साँझ बिहान लिकमै ढुंगा लिएर गोटी गोटी खेल्ने गर्छौँ।

जुन रुपमा रेल संचालनमा ढिलाई भइरहेको छ एकातिर स्थानीयवासीको आशा मरी रहेको छ भने बालबालिका त्यसैमा रमाईरहेका छन्।

रेल सञ्चालन गर्न स्टेशन, कार्यालय जस्ता भौतिक पूर्वाधार तयार भइसकेको छ । तर इन्जिनको अभाव समस्या बनेको खबर राजधानी दैनिकले छापेको छ ।





Comments

comments

Leave a Reply

27065