Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

शहरमै बन्दुक पड्काउने नेताको धम्की

चितवन, २३ कार्तिक। नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरुलाई पाखा लगाएर संविधान बनाए सहरमै बन्दुक पड्काउने चेतावनी दिएका छन्।

पार्टीनिकट सङ्गठन क्रान्तिकारी पत्रकार महासङ्घ चितवनले शनिबार नारायणगढमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता विप्लवले यस्तो चेतावनी दिएको समाचार अन्नपूर्णपोष्ट दैनिकमा छापिएको छ। ‘अबको हाम्रो आन्दोलन भूमिगत हुँदैन, खुल्लारुपमा हुन्छ । यो पटक गाउँमा होइन सहरमा बन्दुक पड्कनेछन्’ उनले भने, ‘राज्यको सेतो बन्दुकमात्रै हामीलाई मान्य छैन, रातो बन्दुक पनि चाहिएको छ।’

माओवादीले फेरि बन्दुक बोक्न लागेको नबुझ्न आग्रह गर्दै नेता चन्दले राज्यको व्यवहारका कारण सम्भव हुने बताए। ‘राज्यको कारणले युद्ध सम्भव हुन्छ। विश्वको शक्तिशाली मुलुक अमेरिकाविरुद्ध त युद्ध भएको छ भने नेपालमा युद्ध हुनु अस्वाभाविक छैन’, उनले भने, ‘‘युद्धबाट जनता तर्सेका छैनन्, मिडियामात्र तर्सेका हुन्।’

युद्धका कारणले देश वर्वाद नभएको बताउँदै नेता चन्दले देश त यसैपनि बर्बाद भइसकेको तर्क गरे। ‘अब योभन्दा बिग्रन के बाँकी छ र डराउने ?,’ उनले भने, ‘देश बनाउनका लागि हामी मर्न पनि तयार छौँ।’

माओवादीलाई नसमेटी संविधान जारी गरे देशमा नयाँ परिस्थित बन्ने उनको भनाइ थियो। माओवादीसहितको शक्तिसम्पन्न राजनीतिक सभाबाट जनसंविधान जारी गर्नुपर्ने आफूहरुको माग रहेको उनले स्पष्ट पारे।

सरकारले गरेको राजनीतिक सभामा सहभागी नहुनाको कारण प्रष्ट्याउँदै विप्लवले भने, ‘त्यो सभाको विषयबस्तु, अधिकार र निर्णय कार्यान्वयनको कुरा स्पष्ट नभएकोले हामी सहभागी नभएका हौँ। राजनीतिक सभा गर्दा पनि यी तीन कुरा स्पष्ट हुन जरुरी छ।’





Comments

comments

2724