Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बैठक सारेकोमा नेपाल पक्ष असन्तुष्ट

काठमाडौ, २३ कार्तिक। नेकपा एमालेका वरिष्ठ नेता माधबकुमार नेपाल पक्षले आफ्नो समूहले ध्यानाकर्षण गराएको प्रस्तावमा प्रवेशै नगरी अध्यक्ष केपी शर्मा ओलीले बैठक एक महिना पछि धकेलेकामा तीब्र असन्तुष्टि जनाएको छ। नवौ महाधिवेशनपछि ओलीले एकलौटी ढंगले पार्टी संचालन गरेको आरोप लगाउदै नेपाल पक्षले बिरोध गर्दै आएको छ।

नेपाल पक्षले पार्टीलाई आगामी दिनमा पनि ‘एकलौटी’ ढंगले चलाउने मनसायका साथ केन्द्रीय कमिटी बैठक पर धकेलेको आरोप लगाएको छ। ओलीले शनिबार पदाधिकारी बैठकमा तयारी नपुगेको र संविधान निर्माणमा केन्दि्रत हुनुपर्ने भन्दै मंसिर २२ सम्मका लागि बैठक स्थगित गरेको समाचार कान्तिपुर दैनिकमा छापिएको छ।

उपमहासचिव एवं नेपाल पक्षका नेता घनश्याम भुषालले महाविधेशनपछि पार्टीले गति लिन नसक्नुमा अध्यक्ष जिम्मेवार भएको बताए। ‘महाधिवेशनपछि केन्द्रीय कमिटी जुन ठाउँमा थियो, अहिले पनि त्यहीँ छ’ उनले शनिबार बेलुका कान्तिपुरसंग भने, ‘महाधिवेशनपछि पार्टी विधिसम्मत तरिकाले चल्न सकेन।’

नेपाल पक्षले आफूले अघि सारेका एजेण्डामा प्रवेश नहुनु राम्रो संकेत नभएको टिप्पणीसमेत गरेको छ। ‘हामीले यसरी केन्द्रीय कमिटी बैठकबाट भागेर हुदैन भनेका छौ’ उनले भने, ‘हामीले अघि सारेका विधि र प्रणालीका कुरामा छलफल होस् भनेका थियौ, त्यो भएन । हालसम्म कुनै पनि निर्णय औपचारिक रुपमा भएका छैनन्।’





Comments

comments

2726