काठमाडौं – प्रतिबन्धित नेपला कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पक्राउ परेमा प्रचलित कानुनअनुसार उनीमाथि जन्मकैद सजाय हुने भएको छ।
फागुन २८ को मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदै उनका सबै गतिविधि नियन्त्रणमा संगठित र फौजदारी अपराधसम्बन्धी कानुन आकर्षित हुने घोषणा गरिसकेको छ।
‘सरकारले विप्लव समूहका गतिविधि विध्वंसात्मक र आपराधिक भएको घोषणा गरिसकेको अवस्थामा हामीले प्रचलित संगठित अपराध ऐन २०७० र फौजदारी अपराध (संहिता) ऐन, २०७४ अनुसार कारबाही अघि बढाएको छौँ,’ प्रहरी स्रोत भन्छ, ‘देशभरका युनिटमा पनि सोहीअनुसार कारबाही गर्न सर्कुलर भइसकेको छ ।’ समाचार मातृका यादवले नागरिकमा समाचार लेखेका छन्।