Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
बाख्रा खान आएको चितुवालाई कुकुरले मारेपछि – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

बाख्रा खान आएको चितुवालाई कुकुरले मारेपछि

चितुवा र कुकुरबीच करिब सवा घण्टा भिडन्त

गोरखामा कुकुरले वयस्क चितुवा मारेका छन् । पालुङटार नगरपालिका–९ धुवाँकोटस्थित भोर्लेमा फुचुङ लामाले सञ्चालन गरेको खोरमा बाख्रा खान आएको चितुवालाई पाँचवटा कुकुरले आक्रमण गरेर मारेका हुन्।

वडा नम्बर ९ का अध्यक्ष भेजराज पाण्डेका अनुसार चितुवा र कुकुरबीच करिब सवा घण्टा भिडन्त भएको थियो । ‘खोरमा बाख्रा खान आएको चितुवाले सामुन्ने कुकुर देखेपछि उसैलाई च्यापेर भागेपछि नजिकै रहेका अन्य चार कुकुरले चितुवालाई खेदेका थिए,’ वडाध्यक्ष पाण्डेले भने, ‘खोरभन्दा करिब एक सय मिटर तल खोलाको छेउमा पुगेपछि पाँचवटा कुकुर र चितुवाबीच सवा घण्टाजति भिडन्त भयो । त्यसक्रममा चितुवा र एउटा कुकुर मर्‍यो।’

खोरको सुरक्षाका लागि सञ्चालक थापाले दुईवटा सामान्य र चारवटा उन्नत जातका कुकुर पालेका थिए । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले पनि पाँच कुकुरको आक्रमणबाट चितुवाको मृत्यु भएको जानकारी दिए । ‘त्यस ठाउँमा चितुवाले पटक–पटक दुःख दिँदै आएको गुनासो आउने गरेको थियो,’ डिएसपी नेपालले भने, ‘पहिले पनि त्यहाँ चितुवाको आक्रमणबाट तीनवटा कुकुर मरेका थिए। अहिले कुकुरले चितुवा मारेछन् ।’ वडाध्यक्षको रोहबरमा मृत चितुवा वन कार्यालयको जिम्मा लगाइएको उपेन्द्र खनालले नयाँ पत्रिकामा खबर लेखेका छन्।





Comments

comments

Leave a Reply

27451