Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

धरानमा इन्द्र वराह स्मृति एम्मेचर गल्फ प्रतियोगिता हुने

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
सुनसरी। धरानमा गल्फ खेलको विकासका लागि धरानमा इन्द्र वराह स्मृति एम्मेचर गल्फ प्रतियोगिता हुने भएको छ।

आगामी कार्तिक ३० गते धरानको घोपा क्याम्पभित्र रहेको गल्फ खेल मैदानमा प्रतियोगिता हुन लागेको धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको छ।

गल्फ खेलमा पूर्वकै नमूना बनाउने उद्देश्यले सुनसरी टेक्निकल कलेजले प्रत्येक बर्ष सुनसरी टेक्निकल गल्फ प्रतियोगिताको आयोजना गर्दै आइरहेको समयमा धरान ५ स्थित बराह ज्वेलर्स इण्डष्ट्रिज प्रा.लिले १५ बर्षका लागि प्रायोजकका रुपमा धरान गल्फ क्लबसँग सम्झौता समेत गरेको छ। सम्झौता पत्रमा धरान गल्फ क्लबका तर्फबाट अध्यक्ष पूर्ण लिम्बु र बराह ज्वेलर्सका तर्फबाट संस्थाकी संस्थापक सदस्य विष्णुमाया लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

प्रत्येक बर्षको एक खेलमा १ लाखको दरले रकम दिने सो प्रतियोगिता इन्द्र बराह स्मृति एमेच्योर ओपन गल्फ प्रतियोगिताको नामबाट सञ्चालन हुने धरान गल्फ क्लबका अध्यक्ष पूर्ण लिम्बुले जानकारी दिए।

प्रतियोगिताभरि १ लाख ३१ हजार रुपैया अनुमानित बजेट लाग्ने बताइएको सो प्रतियोगितामा नेपालभरिका ४० भन्दा बढी एम्मे्चेयर खेलाडीहरुले प्रतिष्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ।

धरानमा गल्फ खेलको विकासलाई एउटा इँटा थपियोस भन्ने उद्देश्यले आफूहरुले १५ बर्षका लागि सम्झौता गरिएको इण्डष्ट्रिजका धरान शाखा प्रमुख मानबहादुर विकले जानकारी दिए। विकले यस इण्डष्ट्रिजका संस्थापक सञ्चालक स्व. इन्द्र लामिछाने गल्फ खेलको एम्मेचर खेलाडी भएकोले पनि गल्फ खेलको विकासका लागि थोरै भएपनि सहयोग गरेको बताए।

धरान घोपा क्याम्पभित्र रहेको निर्वाणा गल्फ रिसोर्टमा सन् २१९६२मा वृटिश सरकारले शुरु गरेको यो गल्फ प्रतियोगितालाई निरन्तता दिन धरान गल्फ क्लबको गठन गरी हालसम्म हिमालय वैक कप, खुकुरी कप, धरान डे कप र विगत तीन बर्षदेखि लगाातार रुपमा धरान ४ स्थित रहेको सुनसरी टेक्निकल कलेजले प्रायोजन गर्दै आइरहेको सुनसरी टेक्निकल कलेज एमेच्योर ओपन गल्फ टुर्नामेन्टको आयोजना गर्दै आइरहेको छ।

यस बर्षदेखि इन्द्रबराह स्मृति एमेच्योर ओपन गल्फ प्रतियोगिता हुने भएपछि गल्फ खेलको लागि यसले थप टेवा पुग्ने गल्फप्रेमीहरुको धारणा छ।





Comments

comments

2753