Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हिरोइनका ब्वाईफ्रेन्ड

काठमाडौ, २५ कार्तिक। ‘म कसैको प्रेममा छु’ भन्दै आएकी नायिका नीता ढुंगानाले फेसबुकमार्फत आफ्नो ब्वाइफ्रेन्ड सार्वजनिक गरिन्। नीता त फूलै फूलको मौसम तिमीलाई फिल्ममा आफूसँगै काम गरिरहेका अभिनेता अमेश भण्डारीको प्रेममा रहिछन्।

अमेश र नीता

‘प्रेम चोखो हुन्छ,फेरि साँचो माया गरेपछि किन लुकाउनु ?’ नीता भन्छिन्,‘त्यही भएर हामीले एक अर्काको सल्लाहमै प्रेम सार्वजनिक गरेका हौं ।’ बजारमा त नीता र अमरेशले कोर्ट म्यारिज गरिसकेको हल्ला समेत चलेको छ। तर उनीहरु यो कुरा स्वीकार गर्दैनन्।

सगरमाथा आरोहण गरेर भन्दा आफ्नो प्रेमी सार्वजनिक गरेर नायिका निशा अधिकारीले बढी चर्चा बटुलिन्। केही समयअघि उनले पनि फेसबुकमार्फत आफू र क्रिकेटर शरद भेषवाकर गहिरो प्रेममा रहेको जनाउ दिएकी हुन्। प्रेम सार्वजनिक नगरुन्जेल सबैले चियोचर्चो गर्ने भए पनि अचेल भने उनीहरुबारे गसिप आउन बन्द भएका छन्।

पूर्वमिस नेपाल मलिना जोशी र अभिनेता अनुपविक्रम शाहीको अफेयरको पनि चर्चा हुने गरेको छ। ऋतु फिल्ममा अभिनय गरेकी मलिना र मेरो माया तिमीलाई, द्रब्य र हँसियालगायत फिल्ममा अभिनेता अनुपबीच प्रेम फस्टाएको पनि धेरै भइसक्यो। उनीहरुको प्रेम जोडीले पनि तारिफ पाउन थालेको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ।

एकताका निकट साथी अभिनेता भेपेन चन्द र अभिनेत्री सौजन्या सुब्बाले त घरजम नै जोडिसके। केही समयअघि निर्माता ,अभिनेता रोज राणासँग निकट रहेकी सौजन्याले भुपेनलाई आफ्नो जीवनसाथीका रुपमा रोजेकी हुन् । अभिनेता सबिन श्रेष्ठ र अभिनेत्री,मोडल तथा एअर होस्टेस नम्रता झाको लभ परेका र इन्गेजमेन्ट भएको पनि धेरै भइसक्यो। पछिल्लो समय नायिका रेखा थापाले आफू सुदर्शन गौतमको प्रेममा रहेको बताउँदै आएकी छन्। ‘सुदर्शनले अफर गरे त बिहे गर्थे,’ रेखा अचेल भन्छिन्,‘हात भएकाले त मलाई पीडा मात्र दियो। तर हात नभए पनि सुदर्शनले मलाई माया दिएको छ।’





Comments

comments

2764