Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रचण्ड रोल्पा गएपछि बाबुराम आगो भए

काठमाडौ, २५ कार्तिक। संविधानका विवादित मुद्दा टुंग्याउन छाडि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल रोल्पाको राजनीतिक कार्यक्रम गएको भन्दै भट्टराई पक्षले असन्तोष प्रकट गरेको छ।

पार्टी कार्यक्रमबारे आफूहरु अन्योलमा रहेको र हिंड्नु अघि मात्र बताएको भन्दै नेता बाबुराम भट्टराईले दाहालप्रति गुनासो पोखेका थिए। पार्टीकै आन्तरिक समस्या छिनोफानो गर्न केन्द्रीय समिति बैठक समेत छलेको उक्त पक्षको आरोप छ।

यस्तो बेला रोल्पा, रुकुम हिंड्नुले पार्टीलाई राम्रो गर्दैन। बाहिर सन्देश पनि राम्रो जाँदैन अध्यक्ष दाहाललाई आइतवार साँझ दिइएको सुझाव उद्धृत गर्दै भट्टराई पक्षका एक नेताले भने बरु केन्द्रीय समिति बैठक बोलाउनुस्। संविधानलगायतका विषयमा त्यहीं छलफल गरौं।

संघीयता, शासकीय स्वरुपमा कांग्रेस, एमालेसहितका दलसँग मत बाझिएपछि दाहालले बैठक प्रक्रिया छाडेर रोल्पा यात्रा तय गरेका हुन्। करिब एक हप्तासम्मको राजनीतिक कार्यक्रमबारे आफू बेखबर भएपछि भट्टराई आक्रोसित भएको समाचार कान्तिपुर दैनिकमा छापिएको छ।





Comments

comments

2762