Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली कांग्रेस अमेरिका होमियो चुनावमा

सिता खड्का / एचकेनेपाल डट कम –
अमेरिका। यदि कुनै विशेष भवितव्य परेन भने अबको ठीक एक हप्तामा नेपाली कांग्रेसको भगिनी संस्था नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय अधिवेशन टेक्सासमा सुरु हुनेछ।

आन्तरिक कलहका कारण विगत सात वर्षदेखि हुन नसकिरहेको यो अधिवेशनले हालको नयाँ विधान परिमार्जन गरी नयाँ विधान दिनेछ भने अर्को तीन वर्षका लागि नेतृत्व चयन गर्नेछ।

यही नोभेम्बर २२ र २३ मा हुने उक्त अधिवेशनका लागि हालसम्म आनन्द बिष्ट र विष्णु सुबेदीले सभापति पदका लागि आ-आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन् भने अधिवेशन स्थल टेक्सासका प्रत्यासीद्वय डा. अर्जुन बन्जाडे र कृष्ण लामिछानेले आजभोलि नै उम्मेद्वारी घोषणा गर्ने कुरा विश्वस्त सूत्रबाट थाहा भएको छ।

यता महासचिवमा धनन्जय नरसिंह केसी र मुनिन्द्र नेम्बाङ्गको औपचारिक रूपमा नै उम्मेद्वारी आइसकेको छ भने सुभाष घिमिरेले पनि आजभोलि नै उम्मेद्वारी घोषणा गर्ने बुझिएको छ। विष्णु सुबेदीको भनिएकै टिमबाट महत्वपूर्ण पदमा दुई दुई उम्मेद्वारी परेकाले उक्त समूह छिन्न भिन्न हुने बुझिन्छ। यही परिस्थिति कायम रहे अर्को कार्यकालको लागि आनन्द बिष्ट सभापति र सुभाष घिमिरे महासचिव बन्ने अनुमान गर्न सकिने कुरा स्रोत बताउँछ।





Comments

comments

2769