Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङमा महागुरू फाल्गुनन्दको जन्मजयन्ती साक्मुरा वादेम्मा सम्पन्न – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङमा महागुरू फाल्गुनन्दको जन्मजयन्ती साक्मुरा वादेम्मा सम्पन्न

हङकङमा महागुरू फाल्गुनन्दको जन्मजयन्ती साक्मुरा वादेम्मा सम्पन्न
आम्भु जेठा/ एचकेनेपाल डट कम-
हङकङ, १६ नोभेम्बर। मुहिगुम अङसिमाङ (महागुरु) फाल्गुनन्द लिङदेनको १३० औं जन्मजयन्ति आइतवार हङकङको मंकिहीलमा “साक्मुरा वादेम्मा सेवा”को साथमा समापन समारोह सम्पन्न भएको छ।

कार्तिक २५ गते मनाइने फाल्गुनन्द लिङदेनको जन्म दिवस “किरात धर्म तथा साहित्य उत्थान संघ हङकङ”ले अस्ति ११ नोभेम्बर आफ्नै माङहिममा किरात धार्मिक मुन्धुम अनुसार सेवा गरि १३० औं जन्मजयन्ति मनाउन सुरु गरि आज “साक्मुरा वादेम्मा सेवा”को साथमा समापन गरेको हो।

किरात धर्म दर्शन (मुन्धुम) अनुसार सावायेहाङ खिवेक्वा यक्वा सेवा (उभौली पूजा), साकमुरा वादेम्मा सेवा (गाली सराप वगाउने पूजा) तथा ङा–लाधुङसेमी सेवा (सुख, शान्ति र समृद्घिको कामना पुजा) आज सम्पन्न भएको छ।

किरात धर्म तथा सहित्य उत्थान संघ राष्ट्रिय समिति हङकङद्घारा आयोजना गरिएको सेवामा किरात भक्तजनहरुको साथमा सेवासावा (किरात धर्मका पुजारी) हरुद्घारा उक्त सेवा गरिएको हो। धर्म दर्शन (मुन्धुम) अनुसार सावायेहाङ खिवेक्वा यक्वा सेवा, साकमुरा वादेम्मा सेवा तथा ङा–लाधुङसेमी सेवा छुट्टा–छुट्टै गरिएको थियो। साकमुरा वादेम्मा तथा ङा–लाधुङसेमी सेवा त्यहाको मुख्य सेवा रहेको थियो।

सेवामा किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष मोहनमान नेम्बाङले सेवाको वारेमा वताउदै आदि अनादीकालदेखि नै किरात समुदायको आफ्नै मौलिक धर्म, संस्कार, संस्कृति, पर्वहरु विद्यमान रहदै अएको वताउछन। किरात युगपुरुष येहाङ, सोधुङगेन लेप्मुहाङ, मावोहाङ तथा शिरीजङगाहाङ द्घारा स्थापित किरात धर्म दर्शन तथा मौलिक संस्कारहरु विचलन हुदै आएको उनले वताए । विचलन हुदै आएको किरात धर्मलाइ महागुरु फाल्गुनन्द लिङदेनको जन्मावतार भइ वहाँले किरात धर्मलाइ पुनरउत्थान गरेको नेम्बाङले वताए। उनले महागुरु फाल्गुनन्द लिङदेनले धर्मलाइ स्थापित गरि सत्य र अहिंसाको मार्गमा किरात सन्ततीलाइ डो¥याएको वताएका छन्।

पूजामा उपस्थित भक्तजनहरुलाई स्वागत गर्दै संघका लाजेसा आङबुहाङले त्यहा भइरहेको अवस्था तथा किरात धर्मको वारेमा ब्याख्या गरेका थिए। उनले गाली सराप वगाइ सकेपछि सुख, शान्ति र समृद्घिको कामना तथा आर्शीवाद माग्ने पूजा हो भन्दै ङा–लाधुङसेमि सेवाको विषयमा भक्तजनहरुलाई प्रष्ट्याएका थिए। विश्व शान्ति, मानव एकता र चराचर सृष्टि, मानवको सुख, शान्ति र समृद्घिको लागि किरात धर्मले सधैं सेवा गर्ने आङबुहाङले वताए।

किरात मुन्धुम अनुसार गरिएको सेवामा सेवासावा (पुजारी) हरु उत्रबहादुर राई, कसिव राई, सान्ती आङवोहाङ, हेम येङदेन, टीना सेन्दाङ, कर्ण ओख्राबु रहेका थिए भने मुख्य सेवासावामा तुलकहङ तुम्सा रहेका थिए।

हङकङमा सन २००४ देखि यस्तो सेवा गरिदै आएको छ। किरातीहरुमा वर्षमा एक पल्ट गाउंघरतिर पनि समुदाय मिलेर यस्तो सेवा गर्ने चलन रहि आएको छ। धर्मका अनुयायीहरु तागा र मेख्लीले सजिएर सेवामा आएका थिए। किरात धर्म अनुसार पुजामा सवैले फूल अक्षता र सतबीउ–पलबीउ चढाएर सेवा गरेका थिए।

बीबीक्यू स्थानमा गरिएको सेवामा मासु पोल्ने चुल्हामा फूल तथा फल–फूल राखिएको थियो भने अन्य चुल्हाहरु खालि देखिएको थियो।

नेपालका १६औं राष्ट्रिय विभूति मुहिगुम अङसमाङ (महागुरु) फाल्गुन लिङदेन वावु जगनबाज लिङदेन र आमा हंसमति लिङदेनको कोखबाट साइला छोराको रुपमा बि. स. १९४२ साल कार्तिक २५ गते आइतबार दिन हाल नेपालको मेचि अञ्चल इलाम जिल्ला ईभाङ गाबिस वडा न. ५ चुक्चिनाम्बामा जन्मनु भएका मुहिगुम अङसीमाङ लिङदेन फाल्गुनन्दले किरात समाजमा ब्यप्त कुरीति, कुसंस्कार, बिकृति र बिसंगतिका बिरुद्ध आफ्नो सम्पूर्ण जीवन अर्पनु भएको थियो।

किरात धर्म दर्शनदाता अनि महान समाज सुधारक मुहिगुम अङसीमाङ लिङदेन फाल्गुनन्दले किरात समाजमा देखिएको कुरीति, कुसंस्कार, बिकृति र बिसंगतिलाई हटाउनको निम्ति पान्थरको चोक्मागु गा. बि. स. वडा न. ३ स्थित लोब्रेकुटिमा बि. स. १९८८ साल बैशाक २४ गतेका दिन १० लिम्बुवान १७ थुममा वसोवास गर्ने सबै गन्यमान्य, बुद्धिजिबि, समाजसेवी, सुब्बा, कारवारी तालुकदार आदिको सहभागितामा एक बृृहत ऐतिहासिक चुम्लुङको आयोजना गरि १० बुंदे सत्य धर्म मुचुल्का तयार पार्नु भएको थियो।

किरात धार्मिक विधिअनुसार मध्यपान, धुमपान, मासु मंस विना सुद्घ रुपले पाँच दिनसम्म वसेको ऐतिहासिक चुम्लुङको “१० बुदे सत्यधर्म मुचुल्का”मा किरातीहरुको “आफ्नो भाषा धर्म संस्कृति मिल्दो जुल्दो हुनु पर्छ; जन्म सुतक, मृत्यु सुतक वार्नु; रीति रिवाज सुधार्नु पर्छ; छोरि चेलिको मोल सोतक नलिनु, नखानु; चोरि, छलकपट, झै–झगडा नगर्नु, सधै सत्य वोल्नु; शुभ कार्यमा मात्र च्याभ्रुङ (ढोल) नाच्नु; कार्य गर्दा जाँड–रक्सि मासु मंसको चलन छोड्नु; अर्काको घर विगार्नु पाप हो” छोरा र छोरिलाई वरावरि पढाउनु पर्छ; जस्ता वुदागत रुपमा “१० सत्य धर्म मुचुल्का” तयार पार्नु भएको थियो। त्यहि सत्य धर्म मुचुल्का लगायत उहाँको सत्य वादी कुराहरुलाई लिएर उहाँलाई “सत्यहाङमा” पनि भन्ने गरिन्छ।

“किरात समाजलाई सुधारको बाटोमा ल्याउन र विश्व शान्ति र मानव एकताको पहल किरात धर्मको माध्यमबाट पुर्नरजागरण गर्नुभएको थियो” भन्ने कुरा विभिन्न लेखहरुमा पाइन्छ।

हङकङमा महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्ती मनाइयो
आम्भु जेठा/ एचकेनेपाल डट कम-
हङकङ, ११ नोभेम्बर। किरात समाज सुधारकको रुपमा चिनिने राष्ट्रिय विभूति मुहिगुम अङसिमाङ (महागुरु) फाल्गुनन्द लिङदेनको १३० औं जन्मजयन्ती हङकङमा दुई भिन्ना भिन्नै ठाउंमा मनाएको छ। विक्रम संवत अनुसार कार्तिक २५ गते मनाइने उक्त दिवस नेपाललगायत संसार भरिका किरात धर्मवलम्बिहरुले एकै दिनमा मनाएका छन्।

“किरात धर्म तथा साहित्य उत्थान संघ हङकङ”ले आफ्नै माङहिममा किरात धार्मिक मुन्धुम अनुसार किरात भक्तजनहरुको साथमा सेवासावाहरु मार्फत सेवा (पूजा) गरि १३० औं जन्मजयन्ती मनाउन सुरु गरेको छ। त्यसैगरि किरात याक्थुङ चुम्लुङ हङकङले नेपाली महासंघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि मुहिगुम अङसिमाङ फाल्गुनन्द लिङदेनको १३० औं जन्म दिवस मनाएको छ।

किरात भक्तजनहरुको साथमा किरात धार्मिक मुन्धुम अनुसार सेवा–सवा (पुजारी) द्घारा सेवा गरि १३०औं जन्मजयन्ती मनाउन सुरु गरेको “किरात धर्म तथा साहित्य उत्थान संघ हङकङ”ले आउने आइतवार (१६ नोभेम्बर २०१४) मा मंकिहीलमा साक्मुरा वादेम्बा (गालिसराप वगाउने) कार्यक्रम गरि आफ्नो कार्यक्रम विर्सजन गर्ने वताएको छ।

किरात धर्म तथा साहित्य उत्थान संघ हङकङका अध्यक्ष मोहनमान नेम्बाङले सेवा सुरु हुन अगाबै सम्पूर्ण भक्तजनहरुलाई आइतवार मंकिहीलमा गरिने “साक्मुरा वादेम्बा” कार्यक्रमबारे जानकारी गराएका थिए। किरात धर्म तथा साहित्य उत्थान संघ हङकङले आउने आइतवार (१६ नोभेम्बर २०१४) को कार्यक्रमबारे पर्चासमेत बाँडेको छ।

मुहिगुम अङसिमाङ फाल्गुनन्द लिङदेनको १३० औं जन्म दिवसको अवसरमा किरात याक्थुङ चुम्लुङ हङकङको अध्यक्ष त्रिभुवन लुङफुङवाको अध्यक्षतामा एक औपचारिक कार्यक्रम गरि मनाएके थियो। कार्यक्रममा चुम्लुङका सल्लाहकारहरु भूपेन्द्र चेम्जोङ, हस्त लिवाङ, चन्द्र मादेन “आन्छन” टंक चोङबाङ, हस्त मास्वा, तेह्रथुम हङकङ मञ्चका अध्यक्ष स्याम इङनामले आ–आफनो सुभकामना मन्तब्य राखेका थिए। चुम्लुङका साँस्कृतिक विभाग प्रमुख मौसम लिम्बुले संचालन गरेको औपचारिक कार्यक्रममा उपाध्यक्ष असली वनेमले स्वागत मन्तब्य गरकी थिइन्।

किरात याक्थुङ चुम्लुङ हङकङले आयोजना गरेको मुहिगुम अङसिमाङ फाल्गुनन्द लिङदेनको १३० औं जन्म दिवसको अवसरमा आउने २५ डिसेम्बरमा मंकि हीलमा “चासोक तङनाम” मनाउने घोषणासमेत गरेको छ।

नेपालका १६औं राष्ट्रिय विभूति मुहिगुम अङसमाङ (महागुरु) फाल्गुन लिङदेन वावु जगनबाज लिङदेन र आमा हंसमति लिङदेनको कोखबाट साइला छोराको रुपमा बि. स. १९४२ साल कार्तिक २५ गते आइतबार दिन हाल नेपालको मेचि अञ्चल इलाम जिल्ला ईभाङ गाबिस वडा न. ५ चुक्चिनाम्बामा जन्मनु भएका मुहिगुम अङसीमाङ लिङदेन फाल्गुनन्दले किरात समाजमा ब्यप्त कुरीति, कुसंस्कार, बिकृति र बिसंगतिका बिरुद्ध आफ्नो सम्पूर्ण जीवन अर्पनु भएको थियो।

किरात धर्म दर्शनदाता अनि महान समाज सुधारक मुहिगुम अङसीमाङ लिङदेन फाल्गुनन्दले किरात समाजमा देखिएको कुरीति, कुसस्कार, बिकृति र बिसंगतिका लाई हटाउनको निम्ति पान्थरको चोक्मागु गा. बि. स. वडा न. ३ स्थित लोब्रेकुटिमा बि. स. १९८८ साल बैशाख २४ गतेका दिन १० लिम्बुवान १७ थुममा वसोवास गर्ने सबै गन्यमान्य, बुद्धिजीबी, समाजसेवी, सुब्बा, कारवारी तालुकदार आदिको सहभागितामा एक बृृहत ऐतिहासिक चुम्लुङको आयोजना गरि १० बुंदे सत्य धर्म मुचुल्का तयार पार्नु भएको थियो।

किरात धार्मिक विधिअनुसार मध्यपान, धुमपान, मासु मंस विना सुद्घ रुपले पाँच दिन सम्म वसेको ऐतिहासिक चुम्लुङको “१० बुदे सत्यधर्म मुचुल्का”मा किरातीहरुको “आफ्नो भाषा धर्म संस्कृति मिल्दो जुल्दो हुनु पर्छ; जन्म सुतक, मृत्यु सुतक वार्नु; रीति रिवाज सुधार्नु पर्छ; छोरि चेलिको मोल सोतक नलिनु, नखानु; चोरि, छलकपट, झै–झगडा नगर्नु, सधै सत्य वोल्नु; शुभ कार्यमा मात्र च्याभ्रुङ (ढोल) नाच्नु; कार्य गर्दा जाँड–रक्सि मासु मंसको चलन छोड्नु; अर्काको घर विगार्नु पाप हो” छोरा र छोरिलाई वरावरि पढाउनु पर्छ; जस्ता वुदागत रुपमा “१० सत्य धर्म मुचुल्का” तयार पार्नु भएको थियो।

त्यहि सत्य धर्म मुचुल्का लगायत उहाँको सत्य वादी कुराहरुलाई लिएर उहाँलाई “सत्यहाङमा” पनि भन्ने गरिन्छ। “किरात समाजलाई सुधारको बाटोमा ल्याउन र विश्व शान्ति र मानव एकताको पहल किरात धर्मको माध्यमबाट पुर्नरजागरण गर्नुभएको थियो” भन्ने कुरा विभिन्न लेखहरुमा पाइन्छ।





Comments

comments

2806