Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मोदीको अभिनन्दनमा नेतामात्र सहभागि हुने

काठमाडौं, १ मंसिर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणका क्रममा गरिने नागरिक अभिनन्दन कार्यक्रममा राजनीतिक दलका नेतामात्र सहभागि हुने भएका छन्।

सार्क सम्मेलनका अवसरमा जनकपुरबाटै नेपाल प्रबेश गर्ने इच्छा व्यक्त गरेका मोदीको सम्बोधन सुन्न लाखौं सर्वसाधारणको भीड हुनसक्ने अनुमान गरिएकाले उनको भाषणलाई नागरिक अभिनन्दनका रुपमा छोट्याएको जानकारी भौतिक निर्माण तथा यातायात मन्त्री विमलेन्द्र निधिले दिए।

नागरिक अभिनन्दन कसले गर्ने भन्ने अनिश्चित रहे पनि बारादेखि मोरङसम्मका सम्पूर्ण सभासद्, मन्त्री,पूर्वसभासद् ,पूर्वमन्त्री,विभिन्न राजनीतिक दलका केन्द्रीय नेता ,सुरक्षा अधिकारी,उद्योगी,व्यापारी,धनुषा र महोत्तरीका पार्टी प्रमुख र सुरक्षा अधिकारीलाई मात्र सम्बोधन गर्ने तयारी भइरहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ।





Comments

comments

2843