Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतमा लौहपुरुष सिंहको ९९ औं जन्मजयन्ती मनाईयो

एचकेनेपाल डट कम संवाददाता –
लण्डन। नेपाली कांग्रेसका सर्वोच्च नेता लौहपुरुष स्वर्गिय गणेशमान सिंहको ९९ औं जन्म दिवस बेलायतमा मनाईको छ।

बेलायतको विन्चेस्टर आसपासमा बस्ने नेपाली कांग्रेसका शुभेच्छुकहरुले नेता सिंहको सम्झनामा सो कार्यक्रम आयोजना गरेका हुन्। कांग्रेस युवा नेता एकराज नेम्वाङको पहलमा आयोजित उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए। इस्ट्ली गोर्खा नेप्लिज कम्युनिटी, विन्चेस्टर नेप्लिज कम्युनिटी, विन्चेस्टर ब्रिटिश गोर्खा कम्युनीटि, केवाइसी बेइजिङस्टोक लगायतका संस्थाका प्रतिनिधिहरुले लौह पुरुष सिंह नेपाली राजनीतिका अग्रणी नेता भएको बताए।

नेपाल विद्यार्थी संघ ललितपुरका पूर्व सभापति मनोज डंगोलको सभापतित्वमा सम्पन्न कार्यक्रममा युवा नेता एकराज नेम्वाङले नेपाली कांग्रेसको राजनीतिलाई पूर्व गोर्खाहरुले प्रताजन्त्र स्थापनाकालदेखि सहयोग पुर्याउंदै आइरहेको बताए। नेपालमा प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका सिंहको सम्झना गर्दै नेम्वाङले पूर्व गोर्खाहरुलाई नेपाली कांग्रेसको छहारीमा एकताबद्ध बनाउन सिंहको योगदान सम्झना लायक रहेको जनाएका थिए।

नेपाली जनसम्पर्क समिति बेलायतमा देखिएको किचलोले गोर्खाहरुलाई चोट पुर्याएको उनको भनाई थियो। नेपालको राजनीतिक बस्तुस्थितिबारे टिप्पणी गर्दै उनले वर्तमान सरकारले नै सर्वमान्य संविधान दिन सक्ने जिकिर गरेका थिए।

सो अवसरमा नेपाली कांग्रेस पांचथर युके सम्पर्क समितिका सचिव बृजहाङ्ग चेम्जोङले नेपाली जनसम्पर्क समितिमा भूपू गोर्खाहरुलाई एक्ल्याउने प्रयास भइरहेको बताउंदै यस्तो नगर्न आग्रह गरेका थिए। आउंदो अधिबेशनले भूपू गोर्खाहरुलाई समेटेर लैजान सकेमात्र बेलायतमा नेपाली कांग्रेसको भविश्य उज्वल हुने उनको भनाई थियो। सामथ्र्य र क्षमताको आधारमा भूपू गोर्खा एकराज नेम्वाङ जनसम्पर्क समितिको अध्यक्ष पदको दावेदार भएको चेम्जोङले बताए।

कार्यक्रमको सभापतित्व गरिरहेका डंगोलले नेपालमा कांग्रेसको इतिहास बोकेका साथीहरुलाई संगैलिएर जान आग्रह गर्दै गुटको राजनीतिमा नलाग्न
सुझाव दिएका थिए। कार्यक्रममा चन्द्र कुबेर आङबुहाङ, जीवन गुरुङ, मिन लामा लगायतले पनि मन्तव्य दिएका थिए।

सो अवसरमा पहिलो तथा दोश्रो विश्वयुद्धमा मरेकाहरुको सम्झनामा बेलायतभर मनाईने रिमेम्बरेन्स डे समेत परेकोले मृत आत्माको चिर शान्तिका लागि एक मिनेट मौन धारणा गरिएको थियो ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

2771