Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विश्व नेपाली स्रष्टा कोश प्रकाशित गरिने

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौ, २५ कार्तिक। नइ प्रकाशनले संसारभरि रहेका नेपाली भाषाका साहित्यकारहरुको जीवनीकृति “विश्व नेपाली स्रष्टा कोश” प्रकाशित गर्ने भएको छ।

न्यूनतम एउटा किताप प्रकाशित गरेका स्रष्टाका मात्र यस कोशमा परिचय प्रकाशित हुने बताइएको छ।

नेपाली भाषामा लेख्ने नेपालबाहिर भारतमा सबैभन्दा धेरै र नर्वेमा सबैभन्दा थोरै साहित्यकार हालसम्मको सर्वेक्षणमा फेला परेको नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईले बताउनु भएको छ। नेपालका पचहत्तरै जिल्ला र विश्वका पच्चीस वटा मुलुकमा नेपाली भाषामा लेख्ने साहित्यकार रहेको बेहोरा नइ प्रकाशनले जनाएको छ।

नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको लेखनमा “विश्व नारी नेपाली स्रष्टा कोश” प्रकाशित भइसकेको छ। त्यस ग्रन्थमा नेपाल भित्रका ७१ जिल्ला र २० राष्ट्रका ६४५ जना नारी सर्जक रहेका छन्। त्यस ग्रन्थमा समाविष्ट सम्पूर्ण स्रष्टाको परिचय “विश्व नेपाली स्रष्टा कोश”मा साभार गरिने भएको छ। तर त्यस ग्रन्थमा छुट र भूल भएका अनि संशोधन गरिनु पर्ने स्रष्टाहरूसँग आफ्नो बायोडाटाको पनि नइ प्रकाशनले आह्वान गरेको छ।

२०६६ सालमा काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका अवसरमा आयोजक तथा त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले “विश्व नेपाली स्रष्टा कोश” प्रकाशित गर्ने सूचना प्रवाह गर्नु भएको थियो। त्यस सम्मेलनमा १३ मुलुकका स्रष्टाको सहभागिता रहेको थियो।





Comments

comments

2773