Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सार्कमा दुईदिन सार्वजनिक बिदा हुने

काठमाडौ, २६ कार्तिक। आगामी मंसिर १० र ११ गते नेपालमा हुने दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन सार्कका बेला सरकारले राजधानीमा दुई दिन सार्वजनिक बिदा दिने तयारी गरेको छ।

गृह मन्त्रालयले सार्क सम्मेलनका लागि २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको र भोलि बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकले उक्त निर्णय अनुमोदन गर्ने निर्णय गर्ने बताइएको समाचार नेपाल समाचार पत्रमा छापिएको छ। बिदासम्बन्धी फाइल मंगलबार उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सदर गरेको उनका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए।





Comments

comments

2785