Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यसकारण पीएल सिंहले जनआन्दोलन पदक बहिस्कार गरे

काठमाडौ, २६ कार्तिक। काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा पूर्वमन्त्री पीएल सिंहले जनआन्दोलन स्वर्णपदक बहिष्कार गरेका छन्। उनले बहिष्कार गरेपछि पत्रकार हरिहर विरहीलाई उक्त पदक प्रदान गरिएको छ।

सिंहले २०६२/०६३सालको आन्दोलनको उपलब्धी भनेर जेलाई कांग्रेसले स्वीकार गरेको थियो, त्यसले २०४६ सालमा गणेशमान सिंह नेतृत्वमा भएको आन्दोलनको उपलब्धी अस्वीकार गरेकाले उक्त सम्मान बहिस्कार गरेको जानकारी आफूले निर्णायक मण्डललाई दिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ।

उनले जनआन्दोलन स्वर्णपदकको जुरीलाई भनेका थिए,‘यो अवार्ड भनेको मेरो प्रजातन्त्रवाद र संविधानवाद अनि २०४६ सालका उपलब्धीहरु विरुद्द सम्झौता गर्नु हो,वर्तमान अराजकतालाई प्रोत्साहन गर्नु हो। ’पदकको जुरीमा पूर्वसभामुख दमननाथ ढुंगाना ,काांग्रेस नेता प्रदिप गिरी र पत्रकार होमनाथ दाहाल थिए। पदकमा एक तोला सुन र तीन तोला चाँदी छ।





Comments

comments

2790