Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

२ करोड भ्रष्टाचार मुद्दामा पोखरा विश्वविद्यालयका पदाधिकारीलाई साधारण तारेख

काठमाडौ, २६ कार्तिक। विशेष अदालतले पोखरा विश्वविद्यालयका उपकूलपतिसहितका पदाधिकारीलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ। कलेज सम्बन्धन,भौतिक निर्माण र कर्मचारी नियुक्तिलगायतमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि मुद्दा दायर गरेको थियो।

अख्तियारले गत कात्तिक ११ मा उपकूलपति प्रा.डा. खगेन्द्रप्रसाद भट्टराईसहित २४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीहरूबाट दुई करोड २४ लाख १६ हजार सात सय सात रुपैंयाँ ९२ पैसा विगो माग दावी गरिएको समाचार नयाँपत्रिका दैनिकमा छापिएको छ।

विशेष अदालतले तत्कल प्राप्त प्रमाणका आधारमा प्रतिवादीलाई थुनेर कारबाही अगाडि बढाउनुपर्ने आवश्यकता नदेखिएको भन्दै मंगलवार रिहा गर्न आदेश दिएको हो। अदालतले बोलाएको समयमा उपस्थित हुने सर्तमा उनीहरु साधारण तारेखमा रिहा भएका छन्।

विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई र सदस्यद्वय भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार सिवाकोटीको इजलासले थुनछेक बयानपछि उनीहरुलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो। ‘तत्काल प्राप्त प्रमाणले प्रतिवादीलाई थुनामा राख्नुपर्ने स्पष्ट आधार र कारण देखिएन,’ विशेष अदालतका रजिष्टार नातिबाबु लामिछानेले भने,‘सम्पूर्ण प्रतिवादीलाई साधारण तारेखमा छाड्न बेञ्चबाट आदेश भएको छ।





Comments

comments

2792