Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ठगी गर्दै हिड्ने नक्कली प्रहरी निरीक्षक पक्राउ

काठमाडौ, २६ कार्तिक। आफूलाई नेपाल प्रहरीको प्रहरी निरीक्षक भन्दै एक युवतिलाई बिहे गर्ने बाहानामा सुनका गहना ठग्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रुपन्देहीको आनन्द वन घर भएका शिवलाल भण्डारीलाई प्रहरीले ठगी गरेको अभियोगमा पक्राउ गरेको हो।

बालाजु प्रगति स्कूल नजिकै एकजना मगर थरकी युवतिलाई बिहे गर्ने पक्का भएपछि गहना बनाउने बाहानामा उनले सक्कली सुनको सिक्री आफूले लगेर नक्कली सुनको सिक्री भिडाएका थिए। सुनको सिक्री लगेर पित्तलको सिक्री र औंठी ल्याएपछि उनमाथि शंका गर्दै परिवारले प्रहरीमा खबर गरेको थियो। बिहेअगाडि नै प्रहरीले भण्डारीलाई पक्राउ गरिसकेको समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएको छ।





Comments

comments

2794