Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
४३ डिग्री तापक्रममा १५ घण्टाको ब्रत – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

४३ डिग्री तापक्रममा १५ घण्टाको ब्रत

४३ डिग्रीको तापक्रम अनि शरीर नै पोल्ने गरी चलिरहेको तातो हावा (लु) मा बाँकेका मुस्लिम समुदायका महिला/पुरुष १५ घण्टाको निराहार रोजा ( ब्रत ) बसिरहेका छन्।

देशकै सबैभन्दा बढी गर्मी हुने स्थानको रुपमा परिचित नेपालगञ्जका अधिकांश मुसलमानले गर्मीको परवाह नगरी बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म पानी समेत नखाई रोजा बसिरहेको धार्मिक अगुवा मौलाना अब्दुल जब्बार मन्जरीले बताए।

‘यही त उपरवालाको परीक्षा हो, उसले हेर्न चाहन्छ प्रतिकूल मौसममा पनि कसले रोजा बसेर त्याग गर्छ र कसले आफ्नो मनोमानी गर्छ’, धर्मगुरु मन्जरीले भने।

अत्यधिक गर्मी र तातो हावामा पनि रोजा बस्नेहरुमा धेरैजसो ती सामान्य मानिस छन् जसले विभिन्न कलकारखानामा काम गर्छन्, रिक्सा चलाउँछन् वा मजदुरी गर्छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा सिराजुद्दिन खानले लेखेका छन्।





Comments

comments

29224