सार्क सदस्य बन्ने चीनको चाहना

काठमाडौं, ७ मंसिर। सार्कमा प्रभावकारी भूमिका खोजिरहेको चीनले यसको स्थायी रणनीीतक साझेदार वा पूर्ण सदस्य बन्ने चाहना राखेको छ।

सार्कका ५ राष्ट्रसँग सिमा जोडिएको र यसका सबै सदस्य मुलुकभित्र उत्तिकै गहिरो सम्बन्ध रहेकाले पनि चीन सार्किभित्र आउन चाहेको बेइजिङस्थित सरकारी थिंकट्याकसँग आबद्ध बिज्ञहरुले बताएका छन्। सार्कमा चीनको भूमिका आसियानमा चीनले पाएजस्तै हुनुपर्छ चाइना इन्स्टिच्युट्स अफ कन्टेम्पोररी इन्टरनेशनल रिलेसन्स अन्तर्गत दक्षिण र दक्षिण एसियाली तथा अफ्रिकी अध्यन संस्थानका निर्दैशन हु सिसेङ भने विशेषगरी चीनले सांघाइ कोअपरेसन अर्गनाइजेसनमा खेलेको भूमिकाजस्तै चाहेको समाचार कान्तिपुर दैनिकमा छापिएको छ।

मध्यएसियाका ६ राष्ट्र चीन, रुस, किर्गिस्तान, काजकिस्तान, ताजकिस्तान र उज्वेकिस्तान स्थायी सदस्य रहेको अर्गनाइजेसन सन २००१ मा सांघाइमा स्थापना भएको हो। चीनले १९९६ मा आसियानको सदस्यता पाएको हो। सन २००५ मा ढाकामा भएको १३ औं सार्क सम्मेलनले चीन र जापानलाई पर्यवेक्षक स्वीकृति प्रदान गरेको हो।





Comments

comments

2964