Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नयाँ नेपालको निर्माण गर्न नेपालीहरू जुट्नु पर्छः महाबीर पुन

मीनप्रकाश उप्रेती / एचकेनेपाल डट कम-
सउल। रोमन मेगसासे पुरस्कार विजेता तथा सामाजिक अभियन्ता महाबीर पुनले नयाँ नेपालको निर्माण गर्न नेपालीहरू जुट्नु पर्ने बताएका छन्।

नयाँ नेपालको निर्माण चाडैनै हुनसक्ने र सोका लागि परनिर्भर नभई आफ्नो समुदायको विकासको लागि आफै सम्पर्पित हुनु पर्ने पुनको भनाई थियो। राजधानी सउलमा नेपाली बिधार्थी समाज ((SONSIK) द्दरा बिहीबार आयोजित अन्तरक्रियामा कार्यक्रममा नेपालका दुर्गम क्षेत्रका रहेका गाउँको विकास, चुनौती र अवसर बिषयक कार्यपत्र प्रस्तुत गर्दै पुनले उक्त धारण राखेका हुन्।

कार्यक्रमका एकल बक्ता पुनले आफ्नो सुरुवातको असफलताको घटना सुनाउदै भने “नवीन कार्यको थालिनी गर्दा आउने असफलतालाइ सफलताको सूत्रको रूपमा लिन सक्नु पर्छ”। मैले त्यही सूत्र समाएको छु र सबैको साथ मागेको छु पुनको भनाई थियो। करिब तीन घण्टा चलेको उक्त कार्यक्रममा पुनले नेपालमा आफूले सञ्चालन गरिरहेका प्ररियोजना तथा निकट भविष्यमा आफ्नो पहलमा स्थापना हुन लागिरहेको “नेपाल अनुसन्धान केन्द्र “सम्बन्धी जानकारी दिदै विदेशमा अध्यनरत नेपाली बिधार्थी तथा श्रमिकहरुले नयाँ सिप तथा प्राविधिक ज्ञान हासिल गरी राष्ट्र निर्माणमा सहयोग गर्नु पर्ने बताएका थिए।

कार्यक्रमको समापन पछि प्रतिक्रिया दिदै एन आर एन आई सिसि प्रतिनिधि के पि सिटैाला , एन आरएन कोरियाका अधक्ष्य विनोद कुवर तथा नेपाली बिधार्थी समाज कोरिया (SONSIK) का सभापति बिमल सुबेदी लगाउतले पुनको योगदानबाट कोरियामा रहेका नेपालीहरू प्रभावित भएको बताएका थिए। उक्त कार्यक्रममा पुनका योगदानको कदर स्वरूप नेपाली बिधार्थी समाज कोरिया (SONSIK)को तर्फबाट कदर पत्र प्रदान गरी सम्मान गरिएको थियो।





Comments

comments

2970