Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोरियामा नारायण गोपल स्मृति साँझ हुँदै

मीनप्रकाश उप्रेती / एचकेनेपाल डट कम-
सउल। दक्षिणकोरियामा नारायण गोपल स्मृति साझ हुनेभएको छ। कोरियाको राजधानी सउलमा सुनाखरी व्याण्ड द. कोरियाले उक्त कार्यक्रम गर्न लागेको हो।

स्वरसम्राट स्व.नारायणगोपालको २४औं स्मृति दिवसको अवसर पारेर आउदो नोबेम्बेर ३० तारिख आइतबार एन आर एन भवन नेपालहाउसमा दिनको १२ बजेदेखि साङ्गीतिक कार्यक्रम हुनभएको आयोजकले जनाएका छन्।

“स्रष्टाको सम्मान हाम्रो भियान” भन्दै गर्न लागिएको उक्त कार्यक्रम निःशुल्क रहने र चिया नास्ताको प्रवन्ध समेत रहेको गायक तथा संगीतकार रमेश संग्रैालाले अनलाइन खबरलाई बताए। विगत दुई बर्षदेखि कोरियाका नेपाली माझ सङ्गीत पस्कदै आएको उक्त समूहले कार्यक्रम सफल बनाउन सहयोगकालागि सम्पूर्ण संघसंस्थाका प्रतिनिधि,बुद्धिजीवी, पत्रकार ,श्रमिक, सर्वसाधारण तथा सम्पूर्ण सङ्गीतप्रेमीहरुलाई उपस्थितिका अनुरोध गरेको छ।





Comments

comments

2968