Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मिसन पत्रकारिताबाट प्रधानमन्त्री ओली हैरान

प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भ्रम फिजाउन केही सञ्चारमाध्यमले मिसन पत्रकारिता गर्न थालेको बताएका छन्।

त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुँदा जमिनमा ओछ्याइएको रातो कार्पेटबारे सञ्चारमाध्यमहरूले प्रकाशन गरेको समाचारलाई लिएर प्रधानमन्त्रीले मिसन पत्रकारिताबाट आफू हैरान भएको बताएका हुन्।

पानीले भिजेको रातो कार्पेटलाई सञ्चारमाध्ययमले ठूलो समाचार बनाउनु मिसन पत्रकारिता भएको र यसले सरकारविरुद्ध भ्रम सिर्जना गरेको उनको भनाइ थियो। ‘म प्रधानमन्त्री भएको एक वर्ष भयो,’ उनले भने, ‘देशका सबै सडक कालोपत्रे गर्न सकेनछु।’ तर त्यसलाई पनि समाचार बनाएको उल्लेख गर्दै उनले भने, ‘धन्य छ मिसन पत्रकारिता।’ यो खबर नागरिक दैनिकमा छापिएको छ।





Comments

comments

30536