ब्रिटिश गोरखाका मुद्धामा नेपाल सरकारको सकृयता

प्रेस विज्ञप्ति
गत नोभेम्बरको अन्तिम साता, ब्रिटिश गोरखा सत्याग्रह संयुक्त संघर्ष समिती-नेपाल (BGSSSN)का पदाधिकारीहरुले अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका संयोजक संसद प्रभू शाहसंग भेटी बिसं २०५५ सालमा गठित नेपालको संसदिय छानविन समितीले ब्रिटिश गोरखामाथि भएको बिभेद सम्बन्धी प्रस्तुत प्रतिवेदन, वर्तमान नेपाल सरकारको अवधारणा र बेलायतको सर्वदलिय संसदिय समिती (APPG)को प्रतिवेदन, नेपाल, बेलायत बिचको दौत्य सम्बन्ध र मनाउन लागिएको दुई सत वार्षिकी उत्सवका बारेमा बिस्तृत छलफल भएको थियो।

नेपाल सरकार र बेलायत सरकार दुबै गम्भीर नभए गोरखा समस्या समाधान नगरिए परिस्थिति असहज पनि हुनसक्ने बिषयमा समेत गम्भीर छलफल भएको थियो।

यसर्थ, यो संदिय समितिले समस्या समाधानका लागि सम्बन्धित निकायहरुलाई गम्भिरताका साथ पहलगर्न निर्देशित गर्नुपर्ने बिषयमा छलफल भएको थियो। संयोजक शाहले सम्बन्धित मन्त्रालयलगायत नेपाल सरकारलाई गम्भीर ध्यानाकर्षण गराउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम संसदिय समितिले पहल थालेपछि गत ३ डिसेम्बरका दिन परराष्ट्र मन्त्रालयका यूरोपियन अमेरिकन बिभागीय प्रमुख सहसचिब दुर्गा भण्डारीले गोरखा सत्याग्रह नेपालका प्रतिनिधिहरुलाई बोलाएर गोरखा आन्दोलनको स्थिति र भावी योजनाहरुका बिषयमा बिस्तृत छलफल गरेका थिए। छलफलमा गोरखा सत्याग्रह नेपालका तर्फबाट क्याप्टेन यामबहादुर बुढाथोकी, क्याप्टेन हिमाल राई र संसद दिलमान पाख्रिनले भाग लिनु भएको थियो।

सह सचिव भण्डारीले पूर्णरुपमा माग सम्बोधन नभएको अवस्थामा गोरखाहरुबाट गरिने थप आन्दोलनले सन २०१५ मा आयोजना हुने बेलायत, नेपालको दुई सतवार्षिकी उत्सवलाई प्रभाव पार्ने बिषयमा चिन्ता ब्यक्त गरेका थिए। गोरखाहरुका तर्फबाट प्रतिनिधिहरुले हामी पनि त्यस प्रकारको स्थिती नआवस भन्ने चाहन्छौं। त्यस्का लागि नेपाल सरकारले समयमै समानताका लागि बेलायत सरकारसंग ससक्तरुपमा आफ्नो जनताको पक्षमा बोलि दिओस भनेर यो पहल गर्दै आएको बताएका थिए।

गोरखाहरुका माध्यमबाट बनेको बेलायत र नेपालको दौत्य सम्बन्धको दुई सतवार्षिकी तिनै गोरखाहरुमाथि भए रहेका बिभेदहरु यथावत राखेर उत्सव मनाउनु कुनै दृष्‍टिकोणबाट पनि उपयुक्त ठहर्दैन।

यि यथार्थतालाई मनन गर्दै सहसचिव भण्डारीले नेपाल सरकारको तर्फबाट गोरखा समस्या समाधानका लागि प्रभावकारी कदम चालिने प्रतिबद्धता जनाउनु भयो।

आशा गरौं, नेपाल सरकारले सर्वभौम सम्पन्न राष्ट्रका हैसियतले आफ्न जनताका लागि र राष्ट्रिय प्रतिष्ठाका लागि बेलायत सरकारसंग बोल्नेछ!
जय गोरखा !!!
-सन्तोष थलङ (प्रमुख संयोजक यूके/नेपाल) गोरखा सत्याग्रह सं सं समिती





Comments

comments

3141