Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

शक्ति गौचनले पुरस्कार रकम खर्चेर एकेडेमी बनाए

अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाइरहेका राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण शक्ति गौचनको चर्चा थप चुलिएको छ। रूपन्देहीका युवामाझ भने फरक खालको चर्चा छ।

उनले यहाँका युवाका लागि क्रिकेट एकेडेमी स्थापना गरेका छन्। आफ्नै खेलजीवनमा कमाएको सबै रकम र पुरस्कार यसमै लगानी गरेका छन्। खेल जीवनमा सक्रिय हुँदा-हुँदै पनि राष्ट्रिय टिमका अनुभवी खेलाडीले युवा क्रिकेटरलाई मध्यनजर गरेर सन् २००९मा एकेडेमी स्थापना गरेको समाचार कान्तिपुरमा छापिएको छ।

पड्सरीस्थित आफ्नै तीन कठ्ठा जग्गामा फेलिएको छ एकेडेमी। आर्थिक अभावका बीच एकेडेमी सुरू गरेका उनले व्यस्त खेल जीवनबाट समय निकालेर क्रिकेट सिक्न आउने जिल्लाका युवालाई अभ्यास गराइरहेका हुन्छन्।

रूपन्देहीबाट राष्ट्रियस्तरका उत्कृष्ट खेलाडी उत्पादन हुन् भन्ने चाहना छ,’ शक्तिले भने,’ तर खेल अभ्यास गर्नकै लागि यहाँ अन्य स्थान नभएकाले घरकै जग्गा ओगटेर एकेडेमी खोलेको हुँ।’

भैरहवा क्षेत्रमा रहेको एकमात्र सिद्धार्थ रंगशालामा पनि राष्ट्रियस्तरको औधोगिक मेलाहरू, विभिन्न संघ संस्थाको कार्यक्रम गर्दा खेलाडी खेल अभ्यास गर्न नपाउने भएकाले एकेडेमी विकल्पको रूपमा विस्तार गरेको उनले बताए।





Comments

comments

3153