Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तमू तमूस्योको सालिक निर्माणको लागि १२ लाख संकलन

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, २० मंसिर। तमू धिं नेपालले आफ्नो रजतवर्षको अवसरमा तमुवान भूमिको राजधानी पोखरा १७ पार्दी बिरौटाचोकलाई तमू ह्युल चोक घोषणा गरी निर्माण गरिएको स्मारकमा तमु जातिको पहिचान झल्कने प्रतिकात्मक तमु तमुस्योको सालिक निर्माणका लागि शुक्रवारसम्म करिब १२ लाख रुपैया संकलन भएको छ।

तमु धिं नेपालका महासचिव रुद्रकुमारी(मैना) तमुको संयोजकत्वमा गठित तमु ह्युल चोक सालिक निर्माण समितिको पहलमा स्वदेश तथा विदेशबाट उक्त रकम संकलन भएको हो। आउदो पुस १५ गते ल्हु ल्होछारको अवसरमा तमु पहिचान झल्कने ५ फिट अग्लो सालिक तमु ह्युलाचोकमा प्रतिस्थापन गर्ने योजनाका साथ तमु तमुस्योका मुर्ति निर्माण कार्य भक्तपुरमा अन्तिम चरणमा पुगेको उक्त योजना परिकल्पनाकार, तमु धिं नेपालका संरक्षक मेजर लक्ष्मीप्रसाद तमुले जानकारी दिनुभयो।

तमुजातिको पहिचानका लागि स्थापना गर्न लागिएको सालिक तथा प्रतिस्थापनका लागि योजनाका परिकल्पनाकार मेजर लक्ष्मीप्रसाद तमुले ३१ हजार १११, श्यामराज तमु अमेरिका ३० हजार ५६४, रुद्रकुमारी तमु(मैना) ३० हजार १९९, सरस्वती तमु ३० हजार, कमल तमु युके २९ हजार १००, क्या.दिलकाजी तमु काठमाडौं २० हजार, मेजर ज्ञानबहादुर तमु १५ हजार, डा.नरकाजी तमु अमेरिका १० हजार ६८४, भिमकाजी तमु १० हजार ५५०, क्या.धर्मेन्द्र तमु अमेरिका १० हजार १००, क्या. इन्द्र तमु युके १० हजार, मेजर कन्याकुमारी तमु युके १० हजार, कृष्ण तमु हङकङ १० हजार, क्या.दलबहादुर तमु १० हजार, क्या.दुतमान तमु १० हजार, माया तमु तमु समाज युके १० हजार, कृपा तमु ९ हजार एक रुपैया, शिवशरण तमु तमु समाज युके ८ हजार, चित्र तमु तमु समाज युके ८ हजार, क्या.तासबहादुर तमु युके ७ हजार १०५, जगत बालकुमारी तमु ७ हजार, डमरजंग तमु अमेरिका ६ हजार, ले.अर्जुन तमु ५ हजार ५५५, ओम तमु ५ हजार ५५५, हिरा तमु ५ हजार ५००, सुमे श्रीप्रसाद तमु ५ हजार १११, गिरीप्रसाद तमु ५ हजार १११ रुपैया प्रदान गर्नुभएको छ।

यसरी नै हरिमाया तमु ५ हजार १००, जुमप्रसाद तमु ५ हजार १५, दल सगुन तमु काठमाडौं ५ हजार १५, क्या.आसबहादुर तमु ५ हजार १०, पुर्ण तमु युके ५ हजार ५, ज्ञान तमु युके ५ हजार ५, कमल तमु युके ५ हजार ५, खडका तमु ५ हजार ५, क्या.रामकाजी तमु काठमाडौं ५ हजार, महेन्द्र तमु काठमाडौं ५ हजार, प्रेम तमु अमेरिका ५ हजार, सेरबहादुर तमु काठमाडौं, ईञ्जिनियर सन्तोष तमु काठमाडौं ५ हजार, धन तमु युके ५ हजार, नरेश तमु युके ५ हजार, राजु तमुले ५ हजार सहयोग प्रदान गर्नुभएको छ।

यसैगरी संस्थागत ढंगबाट तमु धिं नेपालले १ लाख, पार्दी तमु समाज ६९ हजार २३५, फिर्के तमु समाज ४२ हजार ४११, चिउली पार्चे तमु समाज ४० हजार ५, बगालेटोल तमु समाज ३३ हजार ३३३, तमु समाज युके ३२ हजार, बाँझापाटन तमु समाज ३० हजार ५००, याङ्जाकोट तमु समाज ३० हजार १५०, जनकल्याण तमु समाज ३० हजार १०५, बरालडाडा तमु समाज ३० हजार १०५, नौलो सम्झना तमु समाज ३० हजार १०५, चारभञ्ज्याङ तमु समाज ३० हजार १००, अर्घौं तमु समाज(क्या.हिमानसिंह घले) ३० हजार ५, दुधपोखरी तमु समाज ३० हजार, हिमाली गुरुङ परिवार ३० हजार, सोंपाल तमु समाज ३० हजार, आँधीखोला तमु समाज ३० हजार, कतार गुरुङ(तमु) समाज ३० हजार, दीप तमु समाज ३० हजार, जोगीमणी तमु समाज ३० हजार, सुर्यमुखी तमु समाज ३० हजार रुपैया सहयोग प्रदान गरिसक्नुभएको कोषाध्यक्ष सुमे श्रीप्रसाद तमुले जानकारी दिनुभयो।

यसैविच तमु धिं युकेले तमु तमुस्योको सालिक निर्माण तथा प्रतिस्थापनका लागि ४ लाख ५० हजार रुपैया संकलन गरिसकेको तमु धिं युकेका नेपाल प्रतिनीधि समेत रहनु भएका मेजर लक्ष्मीप्रसाद तमुले जानकारी दिनुभयो।





Comments

comments

3155