Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अलकायदा नेपालमा सक्रिय, काठमाडौंबाट २० पक्राउ

कुख्यात अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा सम्बद्ध ब्यक्तिले धर्मको आबरणमा नेपालमा बसेर आतंकवादी आक्रमण योजना बनाइरहेको सूचनाका आधारमा सुरक्षा निकायले उपत्यकाबाट विदेशीसहित २० जनालाई पक्राउ गरेको छ।

शुक्रबार प्रहरीको विशेष अप्रेसनमा पक्राउ पर्नेमा १२ भारतीय, ५ पाकिस्तानी र २ नेपाली छन्। आतंकवाद र अन्दरदेशीय अपराध हेर्ने प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी अपराध महाशाखाले शुक्रबार दिउँसोबाट राती अबेरसम्म विेशष अप्रेसन संचालन गरी काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाइ नियन्त्रणमा लिएको समाचार नागरिक दैनिकमा प्रकाशित छ।

विश्वस्त स्रोतका अनुसार उनीहरु कल्की अवतार फाउन्डेसन नामक संस्थाको आडमा नेपाल बसेर योजना बनाइरहेको सूचना प्रहरीसमक्ष पुगेको थियो।





Comments

comments

3158