कालिकोटको तिलागुफा नगरपालिका ९ का जयबहादुर विकले छिमेकी माझ अनौठो प्रस्ताव राखे।
प्रस्ताव थियो–अभिभावकले सुरुवाती चरणमा केही रकम उपलब्ध गराए छोराछोरीलाई काठमाडौँमा कक्षा १० सम्म निः शुल्क अङ्ग्रेजी माध्यममा पढाई दिने।
साँझ बिहान घरपरिवार चलाउनसमेत धौधौ भउका अभिभावका लागि उक्त प्रस्ताव आकर्षक लाग्यो।
चिनेजानेका छिमेकी जयबहादुरबाट राम्रो प्रस्ताब आएपछि हिमा गाउँपालिका ७ का रामबहादुर बुढा केही पैसा तिरेरै भएपनि आफ्ना दुई छोरी काठमाडौँ पठाउन राखी भए।
उनले उच्च शिक्षा अध्ययन गराउनकैक लागि भनेर जयबहादुरले सञ्चालन गर्दै आएको बूढानिलकण्ठ नगरपालिका ८ गल्फुटारमा रहेको कर्णाली होम बालगृहमा २०७५ जेठमा पठाए । जय बहादुरको धन्दा अर्कै रहेछ । बिकट गाउँका बालबालिका ल्याएर सढाउनुको साटो अलपत्र पार्दा रहेछन्।
यो समाचार नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन्।