बेइजिङको नयाँ विमानस्थलमा नेपाल पनि

फाइल फोटो

चीनको राजधानी बेइजिङमा भर्खरै तयार भएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने विमानमध्येमा नेपाल पनि रहेको छ।

तासिङ विमानस्थलले सार्वजनिक गरेको पछिल्लो सूचीमा तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्समा नेपालको हिमालयन एयरलाइन्ससहित केन्या र बरुनाइका विमान रहेको उल्लेख छ।

यसअघि चिनियाँ सञ्चारमाध्यमले काठमाडौँ–बेइजिङ उडान भर्ने नेपाली एयरलाइन्सको नाम खुलाएका थिएनन् । तर, छीनार, सी–ट्रिपलगायत चिनियाँ ट्राभल एजेन्सीले हिमालयन एयरलाइन्सको नाममा अनलाइनमार्फत टिकट बिक्री प्रक्रिया थालिसकेको छ । यो समाचार कान्तिपुर दैनिकमा लक्ष्मी लम्सालले लेखेकी छिन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

31566