श्रम स्वीकृतिलगायत सबै कानुनी प्रक्रिया पूरा गरे पनि कामदार विमानस्थलबाट फर्काइयो

फाइल फोटो

वैदेशिक रोजगार विभागले वैधानिक रुपमा श्रम इजाजतपत्र लिएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएकामा आपत्ति जनाएको छ।

वैदेशिक रोजगारीका लागि हिँडेका युवालाई कागजात राम्रोसित नहेरिकन विमानस्थलबाट फर्काइने घटना बढ्न थालेको र यस्ता कामदार रुँदै कराउँदै यहाँ आउने गरेकाले विभागले सम्बन्धित वायुसेवा कम्पनी र विमानस्थलका कर्मचारीले गरेको व्यवहारप्रति यस्तो आपत्ति जनाएको हो।

श्रम स्वीकृतिलगायत सबै कानुनी प्रक्रिया पूरा गरेर विमानस्थलमा पुगेका कामदारलाई पनि बिनाकारण त्यसै फिर्ता गर्ने क्रम बढेको विषयमा विभागले यस्तो आपत्ति जनाएको हो । यो समाचार राजधानी दैनिकमा छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

32765