बम ठानेर डिस्पोज गर्दा भेटियो चरेस

चरेस

ठाकुरबाबा नगरपालिका –२ सिंहवाहिनीका एक स्थानीयले शनिबार विहान आफ्नो घरअगाडि बेवारिसे झोलासहित शंकास्पद बस्तु देखे।

-

राजमार्गछेउमै कालो झोलामा डल्लोजस्तो देखिने बस्तु देखेपछि उनी त्रसित भए।

केहीबेरमै त्यो ठाउँमा भीड लाग्यो । स्थानीले शंकास्पद बस्तु ‘बम हो कि ?’ भन्ने आशंकामा प्रहरीलाई खबर गरे।

खबर पाएलगत्तै बम डिस्पोजका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगे । लगत्तै शान्ति सुरक्षा मध्यनजर गर्दै प्रहरीले पूर्व–पश्चिम राजमार्ग भुरिगाउँदेखि रानीपुरसम्म बन्द गर्यो। यो खबर राजधानीमा छापिएको छ।





Comments

comments

33070