बेलायतमा उधौली सम्पन्न

ईश्वर राई –

बेलायत, किरात राई यायोक्खा वेलायतको आयोजनामा साकेला उधौली भब्यताको साथ सम्पन्न भएकोछ।

धामी (नाक्छुङ) द्वारा पानी पूजा, चुला (सुप्तुलुङ) पूजा सम्पन्न गरेपछि साकेला पुज्ने गर्दछ।

वेलायतमा भएका चार जना धामी (नाक्छुङ) हरुलाई किरात राई यायोक्खा वेलायतको अध्यक्ष कल्पना राईद्वारा रितपूर्वक धामी बाध्ने प्रस्ताव राखेका थिए। धामीहरुले प्रस्तावलाई स्विकार गरे पश्चात खोटाङ जिल्लाका पूर्वसभापति तथा सल्लाहकार रत्न राई र संरक्षक दिलवहादुर राईले फेटा लगाई धामीहरुलाई संस्कारगत शिर उभाएका थिए।

किरातीहरूको यो चाँड आफ्नो जनजीवन र जिवनयापनसंग नजिक जोडिएको महत्व राख्दछ। आफूले लगाएको सम्पर्ण बालीहरू सप्रियोस, कसैलाई पनि दु:ख बिमारले नसताअोस भन्ने प्रार्थाना आफ्नो पृत पुर्खाहरूलाई गर्दै प्रत्येक बर्ष मंसीरे पूर्णीमादेखि उधौलि र वैशाखे पुर्निमादेखि उभौलि मनाउने गर्छन्।

धामीहरु किताव शेर राई र टाईटेक्स् फल्माछाद्धारा आफ्नै घरमा पानीको पूजा सम्पन्न गरि साकेला पुज्न उपस्थित हुनु भएको थियो। किरात राईहरुको आफ्नै भूमि ग्याम्बललेनमा चुलाको प्रतिक ‘सेउली गाडी’ पूजा गरेपछि साकेला थानमा गई उधौली पुजा गरेका थिए।

एक आपसमा उधौलीको शुभकामना आदन प्रदान गर्दै ढोल र झेम्टाको तालमा साकेला नाचेका थिए। अन्तमा चुलाको प्रतिक गाडेको सेउलीमा धामीहरुद्धारा विधि र संस्कारगत पूजा सकेपछि उधौली सम्पन्न भएको थियो।





Comments

comments

33073
%d bloggers like this: