हङकङः नयाँ वर्षको दिन सरकारविरोधी रैलीमा १० लाखबढी सहभागी, ४ सय पक्राउ

सरकारविरोधी प्रदर्शन फोटोः @ajplus

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २ जनवरी। नयाँ वर्षको दिन बुधवार सरकारविरोधी रैलीमा १० लाखभन्दा बढी सहभागी भएको आयोजक सिभिल ह्युमन राइट्स फ्रन्टले जनाएको छ।

प्रहरीले भने जुलुसमा ६० हजार जति सहभागी भएको जनाएको छ।

प्रहरीले निर्धारित समयअघि नै जुलुस रोकेपछि आयोजकले त्यसको भत्सर्ना गरेको छ। उसले भनेको छ- प्रहरीको निर्णयले सरकार जनताको आवाज सुन्न इच्छुक छैन र हङकङका बासिन्दाहरुको सभा जुलुस गर्ने अधिकारको हनन गरिरहेको छ।

फोटोः @ajplus

उसले भनेको छ- वान चाईको लुआर्ड रोडबाट प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिए। प्रहरीले तनाव बढाउन आँसु ग्यास प्रयोग गरे।

दंगा प्रहरीले ३० मिनेटभित्र भीड नरोकिए सार्वजनिक गिरफ्तार गर्ने धम्की दिइएको थियो, आयोजक सिभिल ह्युमन राइट्स फ्रन्टले भनेको छ।

उसले चेतावनी दिएको छ कि प्रहरीले यस्तै विधि अपनाइरहे हङकङमा शान्ति फर्कने छैन।

यसैबीच हङकङ प्रहरीले भनेको छ- नयाँ बर्षको दिनमा अवैध सभा र आपत्तिजनक हतियार राखेको आरोपमा ४ सय जना पक्राउ परेका छन्।





Comments

comments

33309