फोर्ब्सको कान्छो व्यवसायीको लिष्टमा नेपालीमूलका युवक

विजय थापा-

डिसी । बिश्वप्रख्यात फोर्ब्स पत्रिकाद्वारा नेपालीमूलका सिमान्त गौतम ३० बर्ष मूनिका ३० जना उधमीमा छनौटमा परेका छन्।

फोर्ब्स पत्रिकाले गत बर्ष डिसेम्बर ३ का दिन अन्य देशबाट अमेरिका आई व्यवसाय गर्ने युवाहरुको सूची प्रकाशित गरेको थियो।

हरेक बर्ष यस विधामा उक्त पत्रिकाले थुप्रै विधामा उल्लेखनीय योगदान तथा सफलता हासिल गर्ने युवाहरुलाई प्रोत्साहन स्वरुप ३० जनाको सूची प्रकाशित गर्ने क्रममा नेपाली मूलका गौतम ३० जना भित्र परेका हुन्। २४ बर्षीय गौतम उक्त सूचीमा पर्ने सबैभन्दा कान्छा उद्यमी हुन्।

गौतमलाई प्रविधि विधामा र उक्त उमेरभित्र उल्लेखनीय काम काम गरे वापत फोर्ब्सले सम्मान गरेको हो। उनी सिन्याप्स टेक्नोलोजी प्रतिष्ठान (कम्पनि )का सहसंस्थापक/संचालक हुन्।

सिन्याप्स टेक्नोलोजी प्रतिष्ठान (कम्पनी) सुरक्षा जाँच सम्बन्धी मूलत विमानस्थल लगायत सुरक्षा दिने स्थानहरुमा यात्रीहरुले ल्याएका झोला बाकसहरुमा अबैध र प्रतिबन्धित सामानहरु ल्याएको या नल्याएको बारेमा जानकारी दिने सफ्टवेयरको निर्माण गर्दछ।

साथै एक देशबाट अर्को देशमा कुनै पनि हुलाक या द्रुत सेवाबाट पठाइएका गैरकानुनी सामग्रीहरुको समेत सिन्याप्स टेक्नोलोजी प्रतिष्ठानले पत्ता लगाउने र सुरक्षा निकायलाई सूचना दिने काम गर्दछ।

को हुन् सिमान्त गौतम ?
नेपाल सिरहा जिल्ला बढहरी गाउँ पालिकाका गौतम काठमाडौ बानेश्वर हुदै अमेरिका ७ बर्षका उमेरमा आएका हुन्। अमेरिकाको भर्जिनिया शार्लोट्सभिल निवासी गौतम हाल ३ बर्षदेखि क्यालिफोर्निया (शिलिकन भ्याली) मा व्यवसाय संचालन गर्दै आएका छन्।

गौतम मातापिताको साथ विविधता चिट्ठा (डिभी )अन्तर्गत सन् २००२ मा पेन्सेलभेनिया आएका हुन् भने पछि भर्जिनिया शार्लोट्सभिलमा बसाई सरेका हुन्। भर्जिनियामा अध्ययन समाप्तपछि उनले म्यासचुसेट्स राज्यको बोस्टनस्थित बिश्व प्रख्यात एमआइटि बिश्वबिद्यालयबाट सूचना प्रविधिमा स्नातक गरेका हुन्।

गौतम केही समय नासामा पनि काम गरेका छन्। नासाले अविष्कार गरेको सुक्ष्म ग्रहको नाम २८४८८ गौतम (28488 Gautam)भनि राखिदिएको छ।

उनले माध्यमिक बिद्यालय अध्ययन गर्दै गर्दा गणितमा अन्तर्राष्ट्रिय पुरस्कार पाएकोले उनलाई सम्मान स्वरुप नासाले २८४८८ गौतम (28488 Gautam) नाम दिएको हो।

गौतमले एमआईटी अध्ययनकै क्रममा अन्तिम बर्षमै व्यवसाय थालनी गरेका थिए। उनलाई आर्टिफिसिएल ईन्टेलिजेन्स (उपकरणलाई ज्ञान दिने)को ७ वटा बिषयमा एकस्व अधिकार(पेटेन्ट राइट)को अविष्कार गरे वापत पेटेन्ट पुरस्कार प्रदान गरेको थियो।





Comments

comments

33306