वैदेशिक रोजगारीमा म्यानपावरको एकाधिकार तोडियो

फाइल फोटो

सरकारले एक हप्ताअघि परीक्षणका रुपमा सुरु गरेको वैदेशिक रोजगारीको माग, आवेदन र छनोट लगायतका अनलाइन प्रक्रियालाई बुधबारबाट कार्यान्वयनमा ल्याएको छ।

नयाँ वर्ष २०२० को अवसरसँगै सुरु गरिएको अनलाइन प्रक्रियालाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआईएमएस) मा जोडेर सरकारले श्रमिकका सबै प्रक्रियालाई आवश्यकताअनुसार अनलाइनमार्फत नै अनुगमन गर्नेछ।

विदेश जाने प्रक्रियामा रहेका युवामाथि हुने ठगी नियन्त्रण गर्न सरकारले आवश्यकता अनुसार अनलाइनबाट निरीक्षण गर्न यो प्रणालीको सुरुवात गरेको हो । यो प्रणालीको विकाससँगै वैदेशिक रोजगार विभागले श्रमिकका लागि हुने माग, आवेदन र छनोट प्रक्रियामा म्यानपावरको एकाधिकार तोडिएको छ । यो समाचार कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।





Comments

comments

33303